PahiloPost

Jan 18, 2019 | ४ माघ २०७५


बीपीएलको रोमाञ्चक खेल : अलिस इस्लामको डेब्युमै ह्याट्रिक, हाइ स्कोरिङ म्याच, २ रनको जित


पहिलोपोस्ट

बीपीएलको रोमाञ्चक खेल : अलिस इस्लामको डेब्युमै ह्याट्रिक, हाइ स्कोरिङ म्याच, २ रनको जित
अलिस इस्लाम बीचमा, फोटो : बीसीबी

बंगलादेश प्रिमियर लिग (बीपीएल) को छैटौँ संस्करणको पहिलो साताका खेलहरु चल्दैछ। खासै उत्साहजनक हुन नसकेपनि बीपीएलमा विश्वकै उत्कृष्ट खेलाडीहरुले खेलिरहेका छन्।

सुरुवातका केही खेलहरु लो स्कोरिङ भइरहेको बेला शुरकवार एउटा रोमाञ्चक खेल भयो। जसमा २ अर्धशतक, शचकिय साझेदारी देखि ह्याट्रिक विकेसम्म सबै सम्भव भयो।

२२ वर्षीय अलिस इस्माल बीपीएल इतिहासमै ह्याट्रिक विकेट लिने तेस्रो र यस सिजनको पहिलो खेलाडी बने। उनको उत्कृष्ट प्रदर्शन (४/२६) मा ढाका डाइनामाइट्सले साविक विजेता रंगपुर राइडर्सलाई रनले पराजित गर्‍यो।

अहिलेसम्म फस्ट क्लास र लिस्ट ए क्रिकेट समेत नखेलेका इस्लामले टी २० को डेब्यु खेलमा ह्याट्रिकसहित ४ विकेट विकेट शनसनी मच्याए। उनले १८औँ ओभरमा राइडर्सका मोहमद मिथुन, कप्तान मोसरफे मोर्ताजा र फरहद रेजालाई आउट गरे।

त्यसअघि इस्लामले १६औँ ओभरमा ८३ रन बनाएका रिले रुसोलाई विकेटकिपर नुरुल हसनबाट स्टम्पिङ आउट गराएका थिए। उनले रुसो र मिथनलको १२१ रनको साझेदारी समेत तोडे।

आठौँ ओभरमा मिथुनको क्याच दुई पटक छाडेपनि इस्लामले १८औँ ओभरमा भने शानदार बलिङ गरे। १८औ ओभरको चौथो र पाँचौ बलमा मिथुन र मोर्ताजालाई बोल्ड गरेका उनले छैटौँ बलमा रेजालाई कप्तान शकिब अह हशनबाट स्लिपमा क्याचआउट गराए।

अन्तिम ओभरमा रंगपुरलाई जितका लागि १४ रन चाहिएको अवस्थामा समेत बलिङ गरेका इस्लामले ११ रन मात्र खर्चिएपछि ढाकाले २ रनको रोमाञ्चक जित हात पारेको हो।


ढाकामा फस्ट डिभिजन क्रिकेट खेलिरहेका बेला ढाका डाइनामाइट्सले स्काउट गरेका खेलाडी हुन इस्लाम।

'म ढाका डाइनामाइट्सको लागि नेट बलर थिएँ।' उनले भने' 'नेटमा बलिङ प्राक्टिस गरिरहेका बेला शुजन सर (प्रशिक्षक खालेद महमुद) ले मलाई हेरिरहनु भएको थियो र उहाँले म माथि विश्वास गर्नुभयो कि मैले बीपीएलमा खेल्न सक्छु र पछि मलाई टिममा राख्नुभयो।'

खेल अघिल्लो राती मैले थाहाँ पाएँ कि म खेल्दैछु। सरले मलाई कल गरेर मानसिक र शारीरिक रुपमा तयार हुन भन्नुभयो। र म पहिल्यै तयार भइसकेको थिएँ।

'यती ठूलो स्टेडियममा यस्तो ठूलो टुर्नामेन्ट खेल्नु केही नभर्स पनि थियो।

'यो स्टेडियममा मेरो पहिलो म्याच हो। म एकदमै धेरै नभर्स थिएँ। केही क्याचहरु छाडेपछि मलाई टिममेट र कोद्वले धेरै सपोर्ट गर्नुभयो। शकिब भाईले सबै कुरा राम्रो भइरहेको छ र सहि स्थानमा बललाई फाल्ने काम गर भनेका थिए।'

टी २० को डेब्यु खेलमै ह्याट्रिक लिएपछि इस्लाम अहिले बंगलादेशमा चर्चित बनेका छन्। यसअघि बीपीएलमा मोहमद सामी (२०१२) र अल अमिन हुसने (२०१५) ले मात्र ह्याट्रिक विकेट लिएका थिए।

रंगपुर राइडर्स विरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको ढाका डाइनामाइट्सले किरण पोलार्डको अर्धशतक मद्दतमा १८३ रन बनाएको थियो। ६४- को अवस्थामा रहेको डाइनामाइट्सको स्कोर उकास्न पोलार्डले २६ बल खेल्दै ५ चौका र ४ छक्काको मद्दतमा ६२ रन बनाएका थिए।

जवाफमा राइडर्स १४६-२ को बलियो अवस्थामा पुगेपनि इस्लामले शानदार बलिङ गरेपछि साविक विजेता २ रनको हार बेहोर्न बाध्य भयो। रुसोले ४४ बल खेल्दै ८ चौका र ४ छक्काको मद्दतमा ८३ रन बनाएपनि रंगपुरलाई जिताउन सकेनन्।

खेलको हाइलाइट्स:



बीपीएलको रोमाञ्चक खेल : अलिस इस्लामको डेब्युमै ह्याट्रिक, हाइ स्कोरिङ म्याच, २ रनको जित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट