PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अस्कर अवार्ड २०१९ 'होस्ट' बिना नै संचालन हुने



अस्कर अवार्ड २०१९ 'होस्ट' बिना नै संचालन हुने
फोटो : द मूभी टाइम

अस्कर अवार्ड २०१९ को संचालन गर्न यसपटक 'होस्ट' नहुने भएको छ। ३० वर्षमा पहिलोपटक अस्कर अवार्ड कार्यक्रम होस्ट बिना नै संचालन हुने सम्भावना रहेको द गार्डियनले जनाएको छ।

केभिन हार्टले यसपटकको अवार्ड कार्यक्रम होस्ट गर्ने बताइएको थियो। तर उनले पहिले समलिंगीहरु माथि दिएको अभद्र टिप्पणीको सामाजिक संजालमा विरोध भएपछि कार्यक्रम होस्ट नगर्ने निर्णय लिएको घोषणा गरेका थिए।  

कार्यक्रमका निर्माताहरुले 'ए लिस्ट' मा पर्ने कलाकारहरुलाई कार्यक्रममा विजेताहरुको नाम बोलाउन लगाउने तयारी गरिरहेको बताइएको छ।

पहिला पनि एकभन्दा बढी होस्टहरु राखेर अस्कर अवार्ड संचालन गर्ने गरिएको थियो। तर हार्टले होस्ट नगर्ने र अरुले पनि होस्ट गेर्ने इच्छा नदेखाएले यसपटकभने अस्कर कमिटी होस्ट बिना नै कार्यक्रम संचालन गर्ने पक्षमा पुगेको बताइएको छ। 

अस्कर अवार्ड २०१८ मा 'द सेप अफ वाटर' ले सर्वाधिक चार अवार्ड हात पार्दै उत्कृष्ट फिल्म घोषित भएको थियो। 

अस्कर अवार्ड २०१९ क्यालिफोर्नियाको लज एन्जेलसमा रहेको डब्ली थिएटरमा फेब्रुअरी २४ मा हुने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell