PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बलिउडका सेलिब्रिटीको #MeToo माथि सोनम कपुरको टिप्पणी



पहिलोपोस्ट

बलिउडका सेलिब्रिटीको #MeToo माथि सोनम कपुरको टिप्पणी

बलिउडमा #MeToo मुभमेन्ट चलिरहँदा त्यसको पक्षमा खुलेर वकालत गर्ने तथा कार्यस्थलमा यौन दुर्व्यवहार हुन नहुनेमा प्रष्ट वक्ता हुन् हिरोइन सोनम कपुर। यस मुभमेन्टमा सक्रिय रुपमा लागेकी कपुरले जसरी बोलिन् सबैले त्यसरी आफूलाई प्रस्तुत गरेनन्। 

हालैको एक अन्तर्वार्तामा सोनम कपुरले यही विषयमा फेरि बहस गरिन् जसका कारण चर्चामा पनि रहिन्। उनले केही तथ्यहरु पनि अगाडि सारिन् जुन् बलिउडमा तरङ्ग ल्याउनेखालको थियो। भलै उनले ती तथ्यलाई आफ्लै उजागर गरिनन्।

उनका दुई साथीहरु बलिउडमा यौन हिंसाबाट नराम्ररी प्रभावित भए पनि मौन रहेको तथ्य ल्याइन्, उनीहरुको नाम भने बताइनन्। ती दुई बाहेक उनकी एक अर्की साथीले पनि त्यस्तै अवस्था भोगिरहेकी उनले बताइन्। सोनमका अनुसार 'पीडित'को लेबल लागेको हेर्न नचाहने भन्दै ती साथी आफूमाथिको दुर्व्यवहार विरुद्ध उत्रिनन्।

आफ्ना दर्शक र परिवारका सामु पीडित हुन नचाहने उनको तर्क छ। प्रस्ट स्वभावकी सोनमलाई बलिउडका चर्चित स्टारको मौनता भने मन परेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell