PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रेम दिवसका दिन बिहे गर्दै वर्षा र संजोग



पहिलोपोस्ट

प्रेम दिवसका दिन बिहे गर्दै वर्षा र संजोग

काठमाडौं : लामो समयदेखि प्रेम सम्बन्धमा रहेका अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको बिहे हुने भएको छ। प्रेम दिवसका दिन अर्थात फ्रेब्रुअरी १४ तारिखमा उनीहरुले बिहे गर्ने पक्का भएको हो।

सामाजिक सञ्जाल फेसबुकमा वर्षा र संजोगले बिहेको कार्डसमेत सार्वजनिक गरेका छन्। यतिखेर फिल्मकर्मीले सामाजिक सञ्जालमा उनीहरुलाई बधाई दिएका छन्। 

वर्षाले 'नाईं नभन्नु ल ४'बाट फिल्ममा डेब्यू गरेकी हुन्। पछिल्लो समय वर्षा र संजोगले 'छक्का पञ्जा ३'मा एकसाथ अभिनय गरेका थिए। संजोगले हालै 'कथा काठमाडौं'मा अभिनय पनि गरेका थिए। वर्षा अभिनित 'गोपी' प्रदर्शनको तयारीमा छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell