PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

इरानमा ९ जना सवार कार्गो विमान दुर्घटना



इरानमा ९ जना सवार कार्गो विमान दुर्घटना

तेहरान:  इरानको फाथ विमानस्थलमा ९ जना यात्रु बोकेको बोइङ ७०७ कार्गो विमान दुर्घटना भएको छ।

अधिकारीहरुले दुर्घटनाका बारे सबै विवरण नआएको र मानवीय क्षतिबारे सूचना प्राप्त नभएको बताएको छ।

 इरानको टेलिभिजन च्यानलहरुले विमानस्थलबाट धुँवाहरु आइरहेको भिडियो प्रशारण गरेको रोयटर्सले जनाएको छ। रोयटर्सले विमानमा ९ जना रहेको बताएपनि त्यसमा १० जना रहेको अनुमान गरिएका मिडिया रिपोर्टहरु समेत सार्वजनिक भएका छन्।

 

दुर्घटना लगत्तै उद्धारकर्मी परिचालन गरिएको बताइएको छ। 

दुर्घटनामा परेको कार्गो विमान इरान वा अरु कुनै राष्ट्रको भएको पुष्टि नभएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell