PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सरकारी चिकित्सकको माग पुरा: स्वास्थ्य सेवाका कर्मचारी पनि अन्य मन्त्रालयका सचिव हुनसक्ने



सरकारी चिकित्सकको माग पुरा: स्वास्थ्य सेवाका कर्मचारी पनि अन्य मन्त्रालयका सचिव हुनसक्ने

काठमाडौं: कर्मचारी समायोजनलगायत विभिन्न माग राखी आन्दोलनरत सरकारी चिकित्सक संघ नेपाल(गोदान) र सरकारका प्रतिनिधिबीच सहमति भएको छ। गोदान र सरकारी टोलीबिच आज भएको वार्ता निष्कर्षमा पुगेको हो।

 

यस्ता भए सहमति

स्वास्थ्य मन्त्रालयको सांगठनिक संरचना बनाउँदा स्वास्थ्य सेवातर्फका व्यवस्थापकीय पद ११औं तह वा सोभन्दा माथि छुट्टै समूह नराख्ने गरी कानुन निर्माण गर्न पहल गर्ने,

स्वास्थ्य सेवाका कर्मचारी पनि अन्य मन्त्रालयको सचिव हुनसक्ने, स्वास्थ्य विज्ञान प्रतिस्ठानलाई एउटै छाता ऐन ल्याई व्यवस्थित गर्ने, एक चिकित्सक एक स्वास्थ्यका लागि विस्तारित अस्पताल सेवा र भत्ताको व्यवस्था गर्ने तथा ११औं तहमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था हटाउने लगायतका सहमति भएका छन्।

सहमतिसँगै गोदानका आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता भएका छन्।

सरकारी चिकित्सक संघको १४ बुँदे माग: स्वास्थ्य सचिव नियुक्तिदेखि कर्मचारी समायोजनसम्म



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell