PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पाउरोटीको मूल्य बढ्दा सुडान अशान्त, राष्ट्रपति भन्छन्'आन्दोलनले सरकार परिवर्तन हुँदैन' : विश्वमा आज



पाउरोटीको मूल्य बढ्दा सुडान अशान्त, राष्ट्रपति भन्छन्'आन्दोलनले सरकार परिवर्तन हुँदैन' : विश्वमा आज

राष्ट्रपतिको दावी

सुडानमा सरकारले पाउरोटीको मुल्य बढाएकोप्रति असन्तुष्टि जनाउँदै गत डिसेम्बरदेखि आन्दोलन भइरहेको छ। मुल्यबृद्धिका विरुद्धमा सुरु भएको आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले सडानका राष्ट्रपति ओमर अल बसिरको राजिनामा माग गरिरहेका छन्।

आन्दोलनका क्रममा अहिले सम्म कम्तिमा २४ जनाको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् ।

यता, सडानका राष्ट्रपति बसिरले भने अहिले भइरहेको आन्दोलनबाट सरकार परिवर्तन नहुने दावी गरेका छन्। डार्फरमा भएको एउटा र्‍यालीलाई सम्वोधन गर्दै उनले आन्दोलनकारीहरुले सरकार परिवर्तन गराउन नसक्ने दावी गरेका हुन्।

'शक्तिमा पुर्‍याउन मतपेटिका मात्रै एउटा उपाय हो, कसलाई पठाउने भन्ने बारेमा आउँदो सन् २०२० मा हुने निर्वाचनमा सुडानी जनताले निर्णय गर्नेछन्' उनले भने।

उनी अर्को बर्ष हुने निर्वाचनमा फेरी उम्मेदवारी दिएर तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्ने तयारीमा छन्।

सुडान सरकारले पाउरोटीको मूल्यवृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको थियो। यस्तै इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरिएको थियो।

डिजिटल कर सम्झौता कठिन

यूरोपेली यूनियन (इयू) समूहले मार्चका लागि आफैद्वारा तय गरेको समयसिमाभित्र उच्च प्रविधिका कम्पनीहरूमा सर्वसम्मतरूपमा डिजिटल करको व्यवस्था गर्न कठिन हुने इयू वित्तमामिला प्रमुख पिएरे मस्कोभिसीले बताएका छन्।

उनले भने, 'इयूका सहयात्रीसँग राष्ट्रिय सरकारले करका बिषयमा निर्णय गर्ने गरी आफूले प्रस्ताव राख्ने र जसले सबैभन्दा कम महत्वाकांक्षी प्रस्ताव ल्याउन समूहमा आवद्ध सरकारहरूलाई शक्ति दिनेछ। भिटोको व्यवस्था विश्वव्यापी चूनौतिको सामना गर्नका लागि एक अवरोध भएको छ।'

उनको प्रस्तावमा आयरल्याण्ड, डेनमार्क र स्वीडेनले विरोध जनाएका छन्। तर फ्रान्स र जर्मनीले भने मस्कोभिसीको प्रस्तावको समर्थन गरेका छन्। तर इयूको नियम अनुसार यसले कानूनी रूप पाउन सबैको सहमति आवश्यक रहन्छ।

पूर्व लडाकूको सुपुर्दगी

बोलिभियाले इटालीका पूर्व बामपन्थी लडाकू सेजार बाटिस्टीलाई इटाली समक्ष सुपुर्दगी गरेको छ। विगत चार दशकदेखि इटालीको सर्वाधिक खोजीमा रहेका बाटिस्टीलाई अन्तर्राष्ट्रिय प्रहरीको सहयोगमा बोलिभियामा पक्राउ गरिएको थियो।

इटालीमा प्रतिबन्धित सशस्त्र क्रान्तिकारी समूहमा आबद्ध रहेको आरोपमा सन् १९७९ मा थुनामा परेका बाटिस्टी त्यसको दुई वर्षपछि कारागारबाट फरार भएका थिए। सन् १९७० को दशकमा चार जनाको हत्या आरोपमा जेल सजाय सुनाइएका बाटिस्टीलाई त्यसपछि फरार सूचीमा राखिएको थियो।

इटालीले बाटिस्टीलाई सुपुर्दगी गर्न बोलिभियासमक्ष पटकपटक आग्रह गरेको थियो। बाटिस्टी ब्राजिलका बामपन्थी पूर्व राष्ट्रपति लुइज इनासीयो लुला डी सिल्भाको संरक्षणमा वर्षौंसम्म ब्राजिलमा थिए। तर अहिले सिल्भा आफैँ भ्रष्टाचारको आरोपमा जेलमा छन्।

मेयरको हत्या

पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयर पावेल अडमोविजको हत्या गरिएको छ। एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरुको अगाडी धारिलो हतियार प्रहार गरी उनको हत्या भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। मेयर पावेल अडमोविजको हत्यापछि देशभरी हत्याका विरुद्धमा प्रदर्शन गरिएको छ।

फोटो: AFP/BBC/iStock/AP



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell