PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पोल्यान्डमा गडाङ्कका मेयर पावेल अडमोविजको धारिलो हतियार प्रहार गरी हत्या



पोल्यान्डमा गडाङ्कका मेयर पावेल अडमोविजको धारिलो हतियार प्रहार गरी हत्या

गडाङ्क :  पोल्याण्डको बन्दरगाह शहर गडाङ्कका मेयर पावेल अडमोविजको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।

सोमवार एक कार्यक्रममा सहभागी हुन पुगेका बेला हजारौँ मानिसहरुको अगाडी उनीमाथि धारिलो हतियार प्रहार गरिएको थियो।

घटना लगत्तै उनलाई अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ।

अडमोविजलाई बचाउनका लागि लामो समय शल्यक्रिया गरेपनि उनलाई बचाउन नसकेको पोल्यान्डका स्वास्थ्य मन्त्री लुकास जुमोउस्कीले बताए।

 

मेयरमाथि आक्रमण गर्ने २७ वर्षे युवकलाई प्रहरीले पक्राउ गरेको छ। स्टेजमा रहेका मेयरसम्म पुग्न उनले मिडिया पासको प्रयोग गरेको अनुमान गरिएको छ।

मेयर अडमोविजको हत्यापछि देशभरी हत्याका विरुद्धमा प्रदर्शन गरिएको छ। हजारौं मानिसहरु पोल्यान्डका विभिन्न शहरहरुमा जम्मा हुँदै अडमोविज प्रति श्रद्धाञ्जली व्यक्त गरिरहेको बताइएको छ।

पोल्यान्डका राष्ट्रपति आन्ड्रेज डुबाले उक्त घटनालाई विश्वास नै गर्न नसक्ने घटना भएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell