PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

उप प्रम उपेन्द्र यादवसहित ४ मन्त्रीले बुझाएनन् सम्पत्ति विवरण



बीपी साह

उप प्रम उपेन्द्र यादवसहित ४ मन्त्रीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं : उप प्रधानमन्त्री उपेन्द्र यादवसहित चार मन्त्रीले हालसम्म आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन्।

पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने भए पनि हालसम्म उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सम्पत्ति विवरण बुझाएका छैनन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेवसाइटमा दिइएको विवरण अनुसार उप प्रधानमन्त्री यादवसहित कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल, शहरी विकास मन्त्री इस्तियाक राई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले सम्पत्ति विवरण बुझाएका छैनन्।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप प्रधानमन्त्री यादव जेठ १८ गते मन्त्री नियुक्त भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell