PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

चीनसँगको व्यापारका लागि अर्को महिनादेखि रसुवामा सुख्खा बन्दरगाह निर्माण सुरु



दिनेश खड्का

चीनसँगको व्यापारका लागि अर्को महिनादेखि रसुवामा सुख्खा बन्दरगाह निर्माण सुरु

काठमाडौं : रसुवाको टिमुरेमा निर्माण गर्न लागिएको सुख्खा बन्दरगाह अर्को महिनाबाट निर्माण सुरु हुने भएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक रविशंकर सैंजुले माघ दोस्रो साताबाट निर्माणको काम सुरु हुने जानकारी दिए। उनले केही ढिला भए तेस्रो साताबाट सुरु गरिने जानकारी दिएका हुन्। 

चिनियाँ सरकारको आर्थिक तथ प्राविधिक सहयोगमा बन्दरगाह निर्माण गर्न लागिएको हो।  करिब २ अर्ब रुपैयाँ अनुदान सहयोगमा बन्दरगाह निर्माण हुनेछ। निर्माणको काम चिनियाँ ठेक्का प्रणालीबाट हुनेछ। अहिले चिनियाँ पक्षले ठेक्का लगाइसकेको समितिले जनाएको छ। अब ठेकेदारलाई परिचालन गर्ने काम बाँकी छ।  

सन् २०१४ मा नेपाल र चीन सरकारका बीचमा बन्दरगाह निर्माण गर्नका लागि द्वीपक्षीय सम्झौता भएको थियो। त्यसको एक वर्षपछि २०१५ डिसेम्बरमा विस्तृत आयोजना प्रतिवेदन डिपिआर बनाउने सहमति भएको थियो। 

करिव डेढ वर्ष लगाएर चिनियाँ कम्पनी द आर्किटेक्चरल रिकोन्इसेन्स एण्ड डिजाइजन इन्ट्रिच्युट अफ टिबेटले  डिजाइन तयार पारेको हो। अघिल्लो वर्षको यतिबेलै छेन्दु शहरमा डिजाइनमाथि छलफल भएको थियो। केही विषयमा मिलाउनका लागि नेपाली पक्षले आग्रह गरेको थियो। त्यसपछि दुवै पक्ष बसेर डिजाइन फाइनल गरेर बन्दरगाहको काम अघि बढाउने सहमति भएको थियो। 

सैंंजुका अनुसार निर्माण सुरु गरेको दुई वर्षमा चिनियाँ पक्षले बन्दरगाह तयार पारेर नेपाली पक्षलाई दिनुपर्नेछ। चीन आफैँले निर्माण गरेर पनि सम्झौता अनुसार काम भए नभएको र गुणस्तरका विषयमा नेपाली पक्षले निरीक्षण गर्न पाउने छ। माघभित्रै चिनियाँ प्राविधिकहरु  बन्दरगाहको काम सुरु गर्न नेपाल आउन लागेका छन्। 

 समितिका अनुसार बन्दरगाह ८ हेक्टर क्षेत्रफलमा बन्ने छ। बन्दरगाहको संरचना निर्माण गर्नका लागि लाङटाङ राष्ट्रिय निकुञ्जको अन्तर्गतको ५ र सर्वसाधरणको ३ हेक्टर जमिन अधिग्रहण गर्ने कार्य गरिसकेको छ। डिजाइन अनुसार बन्दरगाहमा एउटमा मुख्य प्रशासनिक भवन निर्माण हुनेछ। भवन पाँच तलाको हुने छ। 

भवनमा क्वारेनटाइन, अध्यागमन, बैक, भन्सार लगायतका कार्यालयहरु रहनेछन्। साढे सात सय वर्गमिटरको गोदाम घर निर्माण हुनेछ भने ३ सय ५० कन्टेनर अटाउने पार्किङ निर्माण गर्न लागिएको छ।  आयात र निर्यातका छुट्टा छुट्टै टर्मिनल हुनेछन्। बन्दरगाहका लागि आवश्यक सबै पुर्वाधारहरु निर्माण हुनेछन्।

चीनले रसुवागढी नजिकैको आफ्नो भूभागमा पनि आधुनिक बन्दरगाह निर्माण गरिरहेको छ। त्यस्तै  रसुवागढीदेखि स्याफ्रुवेशीतिरको करिब १६ किलोमिटर सडक आफैले निर्माण गरिरहेको छ। त्यस्तै सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन सुख्खा बन्दरगाह ९० प्रतिशत पूरा भएको समितिले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell