PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कुवेतमा एक वर्षमा १२ महिलासहित ४८ नेपालीको मृत्यु 



पहिलोपोस्ट

कुवेतमा एक वर्षमा १२ महिलासहित ४८ नेपालीको मृत्यु 

काठमाडौं : गत वर्ष वैदेशिक रोजगारीका लागि कुवेत पुगेका ४८ जना नेपालीको मृत्यु भएको छ। 

वैदेशिक रोजगारीका लागि त्यहाँ पुगेका उनीहरुको २०१८ मा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। 

हृदयघात, विभिन्न रोग, सडक दुर्घटना, आत्महत्या, कार्यक्षेत्रमा हुने दुर्घटनाका कारण ३६ जना पुरुष र १२ महिलाको मृत्यु भएको दूतावासले जनाएको छ। जसमा १७ जनाको प्राकृतिक (सुतेको सुत्यै) मृत्यु, ९ बिरामी र ३ जनाले आत्महत्या गरेका थिए। जसमध्ये राहत पाउनेमा ११ जनामात्र थिए। 

यसैबीच गत वर्ष कुवेतमा घाइते एवं मृतक कामदारको राहत, बाँकी तलब वापतको ८ करोड चालिस हजार रुपैयाँ बराबरको रकम उलव्ध भएको छ। 

घाइते तथा मृतकका परिवारलाई उलब्ध गराउनका लागि उनीहरु काम गर्ने कम्पनीबाट सो रकम नेपाल सरकारलाई हस्तान्तरण भएको हो। 
यसैबीच कुवेतस्थित नेपाली दुतावासले ५ सय ७७ जना कामदारलाई उद्दार गरी स्वदेश फिर्ता फठाएको दूतावासले जनाएको छ। 

जसमध्ये १ सय ३२ जना कम्पनी क्षेत्रमा काम गर्ने तथा ४ सय ४५ जना घरेलु कामदार रहेका छन्। त्यस्तै कुवेत सरकारको आम माफी कार्यक्रम अन्तर्गत गैर कानुनी हैसितमा रहेका तीन हजार ७ सय २० जना नेपाली नागरिकलाई यात्रा अनुमति पत्र प्रदान गरी स्वदेश फिर्ता पठाइएको दूतावासले जनाएको छ। 

त्यस्तै कुवेतमा जेलमा रहेका ७६ जना नेपाली रहेका छन्। तीमध्ये मृत्यु दण्डको सजाय पाएका दुई जनाको सजाय आजीवन कारावासमा परिवर्तन भएको छ। त्यस्तै १८ जनाको सजाय माफी भइ २०१८ मा नेपाल फर्किएका छन्। 

उनीहरुको सजाय माफीका लागि नेपालले कुवेत सरकारका उच्च अधिकारीसँग पत्राचार एवं छलफल गरेको थियो। 
यो हो राहत पाउनेहरुको सूची 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell