PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चोभारमा हुँदै 'रे'को छायाँकन



पहिलोपोस्ट

चोभारमा हुँदै 'रे'को छायाँकन

काठमाडौं : फिल्म 'रे'का छायाँकन तस्वीर सार्वजनिक भएका छन्। एक समय चोभारमा नेपाली फिल्मको अत्याधिक छायाँकन हुने गर्थ्यो। अहिले 'रे'को छायाँकन चोभारमा भइरहेको छ।

फिल्मको द्वन्द्व दृश्यको छायाँकन त्यहाँ भएको छ। फिल्मका लागि कुमार श्रेष्ठ र शंकर महर्जनले द्वन्द्व निर्देशन गरेका हुन्। फिल्मका कलाकार सुनिल थापा, दिवस धिताल, सुजता थापा, क्रान्ती बराइलीले द्वन्द्व दृश्यका लागि अभिनय गरेका छन्।

ललितपुरको मछेन्द्र नारायण जात्रा, काठमाडौंको इन्द्र जात्रा र भक्तपुरको बिस्केट जात्रामा आधारित रहेर फिल्म बन्ने निर्देशक दिनेश पौडेलले बताए। फिल्ममा अभि जोशी, रक्षा गुरागाईं ,पुर्णिमा लामा, बाल कलाकार शुशील थापा, सुरभ पराजुली, पुजा भट्टराईलगायतको पनि अभिनय रहनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell