PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

केन्यामा आतंकवादी आक्रमण: प्रहरी र लडाकुबीच संघर्ष अन्त्य, सबै आतंककारीको मृत्यु



केन्यामा आतंकवादी आक्रमण: प्रहरी र लडाकुबीच संघर्ष अन्त्य, सबै आतंककारीको मृत्यु
फोटो : द स्टार

नैरोबी : केन्याको राजधानी नैरोबीमा मंगलबार गरिएको आतंककारी आक्रमणमा प्रहरी र लडाकुहरुबीचको संघर्ष अन्त्य भएको छ।

पाँचजना आतंकवादीहरुको प्रहरी कारवाहीमा मृत्यु भएको र एकजनाले आफैलाई बमबाट उडाएको प्रहरीले जनाएको छ।

आक्रमणमा हालसम्म १५ जना सर्वसाधरणको मृत्यु भएको केन्याली समाचार अनलाइन द स्टारले उल्लेख गरेको छ। मृत्यु हुनेहरुमा अमेरिका र ब्रिटेनका नागरिकहरु समेत रहेको बताइएको छ।

नैरोबीको वेस्टल्यान्ड जिल्लामा रहेको सुविधा सम्पन्न डुसिटडी टु होटल लगायत अरु कार्यालयहरु रहेको क्षेत्रमा हतियारधारी समूह प्रवेश गरी बम आक्रमण गरेका थिए।

उक्त आक्रमणको जिम्मेवारी सोमालियाको लडाकु समूह अल- सबाबले लिएको थियो।

हतियारधारी समूहका सदस्य भवन भित्र रहेको आशंकामा प्रहरीले व्यापक सर्च अपरेसन गरिरहेको थियो। तर केही सर्वसाधरणहरु भवन भित्र रहेकाले उनीहरुको उद्धार गर्दै अवस्था नियन्त्रणमा लिन प्रहरीले धेरै प्रयास गरेको बताइएको छ।

मंगलवार आक्रमण पश्चात भवन क्षेत्रमा व्यापाक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो भने स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरी र लडाकुहरुबीच गोली हानाहान भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell