PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फिलिपिन्समा ५.९ म्यानिच्युडको भूकम्प



फिलिपिन्समा ५.९ म्यानिच्युडको भूकम्प
फोटो : ABS CBN

दाभाओ सिटी : दक्षिण फिलिपिन्समा ५.९ म्यानिच्युडको भूकम्प आएको छ। तर यस भूकम्पको कारण मानवीय भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू विज्ञान विभागले जानकारी दिएको छ। 

सो भूकम्पको केन्द्रविन्दु दाभाओ ओरिएन्टल प्रान्तको जेनेरोसो शहरबाट १४९ किलोमिटर दक्षिणपूर्वमा ४८ गहिराईमा रहेको सो विभागले जानकारी दिएको छ। 

भू विज्ञान निकायका अनुसार यस भूकम्पपछि फिलिपिन्सको दक्षिण द्वीप मिन्दानाओमा समेत यस भूकम्पको कम्पन महसुस गरिएको थियो।

फिलिपिन्समा गत डिसेम्बर २९ मा ७.२ म्याग्नीच्युड को भूकम्प आएको थियो। रासस/सिन्हवा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell