PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

सिक्टा भ्रष्टाचार : चार करोड धरौटी बुझाएर बाहिरिए पूर्वमन्त्री विक्रम पाण्डे



पहिलोपोस्ट

सिक्टा भ्रष्टाचार : चार करोड धरौटी बुझाएर बाहिरिए पूर्वमन्त्री विक्रम पाण्डे

काठमाडौं: पूर्वमन्त्री विक्रम पाण्डे विशेष अदालतमा चार करोड धरौटी बुझाएर बाहिरिएका छन्।  

पाण्डेसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा गत मंसिर २१ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

पाण्डेले ग्लोबल आइएमई बैँक ग्यारेन्टी बस्ने गरी चार करोड रुपैयाँ बुझाएका हुन्। उनीहरुमाथि २ अर्ब रुपैयाँको भ्रष्ट्राचारको मुद्दा दायर गरिएको छ।

राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै मुख्य दुई निर्माण व्यवसायीसहित २१ जना विरुद्ध मुद्दा दायर गरिएको थियो।

आयोजना निर्माणको काम गरिरहेको सिटिसिइ-कालिका जेभी,परामर्शदाता कम्पनी इआरएमसी-आइटीसिइओ नेपाल जेभी र निर्माणस्थलका टिम लिडरको मिलेमतोमा जानीजानी ठेक्का सम्झौतामा उल्लेख गरिएअनुसार गुणस्तर परीक्षणसमेत नगरी गुणस्तरहीन काम गरिएको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell