PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

गोविन्द केसीको मागलाई ऐक्यबद्धता जनाउन सुशीला कार्कीदेखि गायक अमृत गुरुङसम्म पुगे इलाम



गोविन्द केसीको मागलाई ऐक्यबद्धता जनाउन सुशीला कार्कीदेखि गायक अमृत गुरुङसम्म पुगे इलाम

काठमाडौं: ९ दिनदेखि इलाममा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको अनशनलाई ऐक्यबद्धता जनाउन पूर्व प्रधानन्याधीश शुशीला कार्की इलाम पुगेकी छिन्। कार्कीसँगै इलाममा पूर्व सभामुख दमननाथ ढुंगाना, त्रिभुवन विश्विद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा र गायक अमृत गुरुङ पनि पुगेका छन्। उनीहरुसँगै डा केसीका सहयोगी डा अभिषेक राज सिंह पनि पुगेका छन्।

९ दिनदेखि अनशनरत केसी डा केसीको शरीरमा अक्सिजनको मात्रा कम हुँदै ८० प्रतिशतमा झरेको, मुटुको चाल अनियन्त्रित भई घटेर ३५ र बढेर २०० सम्म पुग्ने गरेको, शरीरमा ग्लुकोजको मात्र कम हुँदै गएको, अनसनका कारण नियमित खाँदै आएको मुटुको औषधि खान छुटेको, शरीरमा हानिकारक रसायन बढ्दै गएको लगायतका समस्या देखिएको छ।

केसीको उपचारमा संलग्न चिकित्सक भन्छन्, 'उहाँको स्वास्थ्य खतरामा छ। जुनसुकै बेला आइसियू चाहिन सक्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell