PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुख्खा बन्दरगाह उद्घाटन गर्न चोभार पुगेका प्रधानमन्त्री ओलीलाई कालो झन्डा

सुख्खा बन्दरगाह उद्घाटन गर्न चोभार पुगेका प्रधानमन्त्री ओलीलाई कालो झन्डा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: कीर्तिपुर नगरपालिका चोभारमा बन्न लागेको सुख्खा बन्दरगाहको विरोध गर्न पुगेका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत कीर्तिपुरको टोलीले ४० जनाभन्दा बढीलाई नियन्त्रणमा छ। 

बन्दरगाह शिलन्यास गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध स्थानीयले कालो झन्डा देखाउँदै नाराबाजी गरेका थिए। नियन्त्रणमा लिएका व्यक्तिलाई काठमाडौंका विभिन्न वृतमा राखिएको छ। प्रधानमन्त्री ओलीले बिहिवार चोभारमा सुख्खा बन्दरगाहको शिलन्यास गरेका छन्। विश्व बैंकको १ अर्ब २८ करोड रुपैयाँ सहयोगमा बन्दरगाह चोभारमा अत्याधुनिक बन्दरगाह निर्माण हुनेछ। 

स्थानीयको अवरोध नभए यो बन्दरगाह १८ महिनामा तयार हुनेछ। तर स्थानीयले बन्दरगाह निर्माणमा अवरोध सिर्जना गरिरहेका छन्। स्थानीयले  हिमाल सिमेन्ट कारखानाले पुर्‍याएको क्षतिपूर्ति पाउनुपर्ने, कारखानाको जग्गा स्थानीयलाई फिर्ता गर्नुपर्ने , कर्मचारीले पाउनुपर्ने पारिश्रमिक लगायतका माग राखेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell