PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभलमा ३१ देशका ५९ फिल्म, ५ दिनसम्म चल्ने



नेपाल इन्टरनेसनल फिल्म फेस्टिभलमा ३१ देशका ५९ फिल्म, ५ दिनसम्म चल्ने

काठमाडौं: नेपाल इन्टरनेसनल फिल्म फेस्टिभलको दोस्रो संस्करण घोषणा भएको छ। महोत्सव यही फागुन ९ देखि १३ गतेसम्मसम्म काठमाडौंमा हुँदैछ। 

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा आयोजित निम्फको पहिलो संस्करण पोखरामा भएको थियो। यो पटक ‘सेलिब्रेसन अफ न्यारेटिभ्स्’ राष्ट्रिय सभा गृह र पर्यटन बोर्डमा फिल्महरू देखाइनेछ। जसका लागि ३१ देशका ५९ फिचर फिल्महरू चयन भएका छन्। 

महोत्सवमा १६ वटा नेपाली फिल्म देखाइने छ। जसमा ६ वटा फिचर र १० सर्ट फिल्म छन्। 

विदेशी फिल्महरुमध्य ३१ सर्ट फिल्म र ६ वटा फिचर फिल्म रहेका छन्। 

फेस्टिभलमा कथा वाचन प्रतियोगितासहित प्रतिस्पर्धात्मक प्रदर्शनीहरू रहेका छन्। प्रदर्शन भएकामध्ये एक उत्कृष्ट फिचर फिल्म एक हजार अमेरिकी डलरसहित पुरस्कृत हुनेछ। साथै छोटो फिल्मतर्फ उत्कृष्ट फिल्मले पाँच सय अमेरिकी डलर पाउने छ।

नेपाली पानोरमामा उत्कृष्ट घोषित फिचर फिल्मलाई पचास हजारसहित पुरस्कृत गरिनेछ। उत्कृष्ट नेपाली सर्ट फिल्मले पच्चीस हजार रुपैयाँ पाउने छ। नेपाली फिल्मका लागि उत्कृष्ट निर्देशक तथा लेखकका लागि पनि अवार्ड दिइने बताइएको छ। 

निर्णायकको रूपमा नेपालबाट कलाकार निर शाह, निर्देशक नवीन सुब्बा, चिनियाँ निर्देशक नियान स्वा, इन्डियाका फिल्म लेखक प्रेमेन्द मजुम्दर, स्विट्जरल्यान्डकी फिल्म प्राध्यापक आनी दिलसेथ रहेका छन्। 

महोत्सव घोषणा कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष केपी पाठक, यादव खरेल, निर शाह, दयाराम दाहाल, सुवास गजुरेल लगायतको उपस्थिति रहेको थियो। 

प्रमुख अतिथि रहेका मेयर विद्या सुन्दर शाक्य भने अनुपस्थित रहे। महोत्सवका लागि काठमाडौँ महानगरपालिका सह आयोजक रहेको छ। 

नेपाली फिल्मको पहिचान स्थापनाका लागि महोत्सव आयोजना गरेको बताउँछन् अध्यक्ष केपी पाठको। ‘नेपालमा हुने फिल्म महोत्सवले मूल धारका फिल्मलाई उस्तो धेरै ठाउँ दिएको पाइँदैन। त्यही ठाउँ बनाउन लागि परेका हौँ’, उनले भने,’सिक्न सिकाउन्न, हेर्न देखाउन्न आयोजित उत्सव हो यो।’ 

महोत्सव बारे निर्देशक दयाराम दाहालले भने,’खुकुरीको धारमा हिँडिरहेको नेपाली फिल्म इन्डस्ट्रीका लागि यो महोत्सव लाभदायी हुनसक्छ।’  

त्यस्तै कलाकार निर शाहले पनि नेपाली फिल्म क्षेत्र विकास तथा प्रवर्द्धनका लागि निम्फ अभियान बन्न सक्ने विचार व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell