PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

यी हुन् मन्त्रिपरिषदको पछिल्ला निर्णय : पानीजहाज कार्यालय स्थापनादेखि रेल खरिदसम्म



यी हुन् मन्त्रिपरिषदको पछिल्ला निर्णय : पानीजहाज कार्यालय स्थापनादेखि रेल खरिदसम्म

काठमाडौं: सरकारले नेपाल पानीजहाज कार्यालयको संगठन, संरचना र दरबन्दी स्वीकृत गरेको छ। १६ जनाको दरबन्दीसहित कार्यालयको संरचना स्वीकृत गरेको हो।

पुस २९ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार साँच्चैको पानीजहाज चलाउन मन्त्रिपरिषद्बाट संरचना र दरबन्दी स्वीकृत गरिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिएका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले दिएको जानकारी अनुसार आफ्नै रेल खरिद गर्न 'सरकार टु सरकार' वार्ता गरी प्रक्रिया अगाडि बढाउन भौतिक पूर्वाधार मन्त्रालयलाई सौधान्तिक सहमति दिइएको छ।

नेपाल सरकारले भारत सरकारसँग रेल खरिद गर्न लागेको हो।

यसैगरी मन्त्रिपरिषद्ले मन्त्रीहरूको तलब र अन्य सेवा, सुविधा वापत भुक्तानी हुने रकमको व्यवस्थापन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।  

यी हुन् मन्त्रिपरिषद्का पछिल्ल निर्णयहरु

१. मन्त्रीहरूको तलब र अन्य सेवा, सुविधा बापत भुक्तानी हुने रकमको व्यवस्थापन गर्ने निर्णय गरिएको छ।
२. प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरिएको छ।
३. लगानी सम्मेलन, २०१९ गर्न आवश्यक बजेटको व्यवस्था गर्ने निर्णय गरिएको छ । 
४. कर्मचारी सञ्चय कोषको अध्यक्ष पदमा शिशिरकुमार ढुंगानालाई नियुक्त गरिएको छ।
५. Implementation Agreement of China Aid on Oil and Gas Resources Survey Project in Nepal स्वीकृत गरिएको छ। 
६. प्रहरी (छैटौँ संशोधन) नियमावली, २०७५ स्वीकृत गरिएको छ। 
७. वीरेन्द्रनगर नगरपालिकामा शीत भण्डार निर्माणका लागि विनियोजित रु. ५० लाख Line Ministry Budget Information System (LMBIS) मा प्रविष्टि गर्ने निर्णय गरिएको छ।
८. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जी टु जी प्रक्रिया अवलम्बन गरी रेल गाडी खरिद कार्य अघि बढाउन सैद्धान्तिक सहमति दिइएको छ।
९. जनशक्ति क्षमता विकास प्रतिष्ठानसम्बन्धी विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिइएको छ। 
१०. प्रदेश स्वास्थ्य निर्देशनालय लगायतका निकायहरूको सङ्गठन संरचना र दरबन्दी तेरिज संशोधन गर्ने निर्णय गरिएको छ। 
११. नेपाल पानीजहाज कार्यालयको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरिएको छ।
१२. आन्तरिक शान्ति र व्यवस्था कायम गर्ने सम्बन्धमा बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिइएको छ। 
१३. 'राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरूको मर्यादाक्रम स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell