PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

डा केसीलाई रातारात काठमाडौँ ल्याइयो, टिचिङ अस्पतालमा आइसीयूमा उपचार हुँदै



पहिलोपोस्ट

डा केसीलाई रातारात काठमाडौँ ल्याइयो, टिचिङ अस्पतालमा आइसीयूमा उपचार हुँदै

काठमाडौँ इलाममा अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि काठमाडौँ ल्याइएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट केसीलाई राति नै काठमाडौँ ल्याएको हो। अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

बिहान करिब ३ बजे केसीलाई त्रिवि ल्याइएको उनका सहयोगी डाक्टर अभिषेकराज सिंहले जानकारी दिए। अहिले आइसीयूमा राखेर उपचार भइरहेको छ।

केसीलाई इलामबाट एम्बुलेन्समा झापाको भद्रपुर लगिएको थियो। त्यहाँबाट सेनाको हेलिकप्टरमा काठमाडौँ ल्याइएको हो।

अनशनरत केसीको शरीरमा अक्सिजनको मात्रा कम हुँदै ८० प्रतिशतमा झरेको, मुटुको चाल अनियन्त्रित भई घटेर ३५ र बढेर २०० सम्म पुग्ने गरेको, शरीरमा ग्लुकोजको मात्र कम हुँदै गएको, अनसनका कारण नियमित खाँदै आएको मुटुको औषधि खान छुटेको, शरीरमा हानिकारक रसायन बढ्दै गएको लगायतका समस्या देखिएको छ।

केसीको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार स्वास्थय अवस्था नाजुक भइसकेको छ।

अनशनलाई ऐक्यबद्धता जनाउन बिहीबार पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढुंगाना, त्रिभुवन विश्विद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा र गायक अमृत गुरुङ पनि इलाम पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell