PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रधानमन्त्री र सांसदबीच आजदेखि संसदमा प्रश्नोत्तर, यी विषयमा सोध्न मिल्दैन प्रश्न



पहिलोपोस्ट

प्रधानमन्त्री र सांसदबीच आजदेखि संसदमा प्रश्नोत्तर, यी विषयमा सोध्न मिल्दैन प्रश्न

काठमाडौँः प्रतिनिधिसभा नियमावली पारित भएको करिब आठ महिनापछि संसदमा प्रधानमन्त्री र सांसद्को प्रश्नोत्तर आजदेखि सुरु हुँदैछ। प्रमुख विपक्षी दल नेपाली काँग्रेसले पनि पटक-पटक प्रश्नोत्तरको लागि सभामुखको ध्यानाकर्षण गराउँदै आएको थियो।

सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि आजदेखि प्रश्नोत्तरको समय निर्धारण गरेका हुन्। पुस २९ गतेको प्रतिनिधिसभामा नै प्रश्नोत्तरको तयारी भए पनि अन्तिम समयमा रोकिएको थियो।

पढ्नुस्ः प्रश्न गर्न नदिएको भन्दै संसदमा कांग्रेसको अवरोध प्रयास

प्रतिनिधिसभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो र तेस्रो हप्ताको पहिलो बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुनेछ। कुनै कारणले बैठक नबसेको अवस्थामा त्यसपछि बस्ने बैठकमा प्रश्नोत्तरको समय निर्धारण गर्न सक्ने नियमावलीमा व्यवस्था छ।

नियमावली अनुसार एक दिनमा बढीमा दश जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न सक्नेछन्। प्रश्नको व्यहोरा सांसद्हरुले बैठकको कम्तीमा एक घण्टा अघि नै उपलब्ध गराउनु पर्नेछ। प्रश्न स्वीकार गर्ने वा नगर्ने स्वविवेकीय अधिकार सभामुखमा हुनेछ।

 

‘समितिको निर्णय आलोचना गर्न नमिल्ने’

नियमावलीले केही विषयका प्रश्नलाई भने बन्देज लगाएको छ। अदालतको अपहेलना हुने, अदालतमा विचाराधीन रहेका विषय तथा कुनै कानुनले प्रकाशन निषेध गरेका विषय प्रश्न गर्न रोक लगाएको छ।

यस्तै,

  • संविधान वा कुनै प्रचलित कानुनबाट प्रकाशन निषेध गरिएको विषय
  • स्वभावतः गोप्य रहने कुरा वा प्रकाशन गर्दा राष्ट्रिय हित विपरीत हुन जाने मन्त्रिपरिषद्को कुनै निर्णय वा कारबाही
  • सदन वा कुनै समितिको वा सदन वा समितिको निर्णयको आलोचना गरिएको विषय
  • चालु अधिवेशनमा छलफलद्वारा स्पष्ट भइसकेको विषय
  • प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रचारको लागि कुनै व्यक्ति वा संस्थाको नाम आदि भएको विषय,
  • प्रचलित कानुन बमोजिम स्थापित भएको न्यायिक वा अर्ध न्यायिक निकाय वा अधिकारी वा प्रचलित कानुन बमोजिम जाँचबुझ गर्न, सुझाव दिन वा प्रतिवेदन पेस गर्न गठित आयोग वा समितिमा विचाराधीन रहेको विषय
  • सैद्धान्तिक, ऐतिहासिक वा कानुनको व्याख्या सम्बन्धी विषय
  • गैरसरकारी व्यक्तिको कुनै वक्तव्य सत्य हो वा होइन भन्ने विषय
  • कुनै व्यक्तिको सरकारी वा सार्वजनिक हैसियतबाहेक अरू व्यक्तिगत हैसियतबाट गरेको काम कुरा सम्बन्धी आचरणको विषय
  • एकपटक अस्वीकृत भइसकेको वा प्रतिनिधिसभा नियमावली बमोजिम उत्तर दिन अस्वीकार गरिएको कुनै विषय।

तथ्यहीन प्रश्नहरू स्वीकार नहुने नियमावलीमा व्यवस्था छ। अस्पष्ट, राय तथा सुझाव मागिएको विषय पनि अस्वीकार हुनेछ। समितिमा विचाराधीन रहेको तथा समितिले सभामा पेस गरेको विषयको प्रश्न पनि स्वीकार नहुने नियमावलीमा व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell