PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अमृत गुरुङ : मेरो हात सदैव डा. गोविन्द केसीसँग छ



पहिलोपोस्ट

अमृत गुरुङ : मेरो हात सदैव डा. गोविन्द केसीसँग छ

काठमाडौं : लोकरक ब्याण्ड नेपथ्यले पाँचथर सदरमुकामस्थित फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा कन्सर्ट सम्पन्न गरेको छ। प्रस्तुतिसँगै ब्याण्डका प्रमुख अमृत गुरुङ डा.गोविन्द केसीको समर्थनमा उभिए। 

उनले 'तिमी देऊ तिम्रा हातहरु'बोलको गीत गाएपछि दर्शकलाई आफू डा. केसीको पक्षमा रहेको बताए। उनले स्टेजबाट भने 'मेरो हात सदैव डा. गोविन्द केसीसँग छ। तपाईहरुको हात नि?

दर्शकले प्रतिउत्तरमा भने 'हाम्रो पनि'।

फिदिम आउने क्रममा अमृतले इलाममा अनशनरत डा. केसीलाई भेटेका पनि थिए।  उनले केसीसँग गरिएका सम्झौता कार्यान्वयन नगरिएकोमा कन्सर्टमा प्रश्न पनि उठाए।

'जसरी हिजो अन्याय र अराजकताको विरुद्धमा बोल्दा डर धम्कीको सामना गर्नुपरेको थियो त्यसैगरि आज डा. केसीको पक्षमा बोल्दा भयभीत हुनुपरेको छ,’ उनले भने, 'यस्ता डर र धम्कीहरुबाट मुक्त हुनकै निम्ति मैले रामेश र मन्जुलहरुको सम्झना गरेको हुँ।'

उनको समुहले त्यहाँ दुइ घन्टासम्म प्रस्तुति दिएको थियो। कन्सर्टमा इलाम, तेह्रथुमहुँदै ताप्लेजुङका दर्शक उपस्थित थिए। उनीहरुले कन्सर्टमा ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजार’, ‘चरि मर्‍यो’, ‘रेशम’, ‘भेँडाको ऊनजस्तो’ बोलका गीतहरु गाएका थिए।  

फिदिमममा अमृतलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell