PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

अमेरिका सट डाउन: तलब नपाएका गुप्तचर विभागका अधिकारीलाई पूर्व राष्ट्रपति बुसको 'पिज्जा ट्रिट'



अमेरिका सट डाउन: तलब नपाएका गुप्तचर विभागका अधिकारीलाई पूर्व राष्ट्रपति बुसको 'पिज्जा ट्रिट'

वासिङटन: अमेरिकी सरकारी कार्यालयहरु आंशिक रुपमा बन्द भएको २९ दिन पुगेको छ।

सरकारी कार्यालयहरु बन्द हुँदा ८ लाखभन्दा बढी कर्मचारीहरुले यो वर्षको पहिलो तलब प्राप्त नगरेको बताइएको छ।

तलब नपाउनेमा संघीय सरकार अन्तर्गत काम गर्ने अग्नि नियन्त्रक, गुप्तचर विभागका अधिकारी, उर्जा, व्यापार, शिक्षा विभाग लगायतका कर्मचारीहरु रहेका छन्।

यसैबीच अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले गुप्तचर विभागमा काम गर्ने कर्मचारीहरुलाई 'पिज्जा ट्रिट' दिएका छन्। बुसको फेसबुक र इन्स्टाग्राम एकाउन्टबाट उनले पिज्जा डेलिभरी गरिरहेको तस्विर सार्वजनिक भएको हो।

 

 

अमेरिकाका लागि गुप्तचर संस्थामा रहेर काम गर्ने र संघीय सरकारको अधिनमा काम गर्ने सबैजना प्रति आभार व्यक्त गर्दै बुसले सत्तामा रहेको र विपक्षमा रहेका दल मिलेर यो ' सट डाउन' अन्त्य गर्न आग्रहसमेत गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दो मानवीय तथा आप्रवासी संकट समाधान गर्न मेक्सिकोसँगको सीमामा स्टिलको पर्खाल लगाउन कंग्रेससँग ५.७ बिलियन अमेरिकी डलर बजेट माग गरेको थिए। तर डेमोक्रेटहरुले त्यसमा सहमति जनाएका छैनन्।

कंग्रेसले बजेट पास गर्ने नदेखेपछि ट्रम्पले कंग्रेसको स्वीकृति बिना नै पर्खाल बनाउने चेतावनी दिएका थिए। केही हप्ताअघि अमेरिकी संसदले पर्खाल बनाउनका लागि बजेट नदिए संकटकाल लगाउने र सरकारी काम वर्षौंसम्म ठप्प पार्ने ट्रम्पले चेतावनी दिएका थिए।

यता, डेमोक्रेटहरुले भने ट्रम्पले अमेरिकी जनताहरुलाई बन्धक बनाएको आरोप लगाएका छन्।

ट्रम्पले सीमामा हुने अपराध, लागूऔषध तस्करीलगायतका गतिविधिहरुले अमे‍रिकालाई धेरै असर गरेको र यो 'सटडाउन' भन्दा ठूलो रहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell