PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

राप्रपा केन्द्रीय कार्यसमिति बैठक २० र २१ गते



पहिलोपोस्ट

राप्रपा केन्द्रीय कार्यसमिति बैठक २० र २१ गते

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक यही २० र २१ गते बस्ने भएको छ। राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको प्रेस नोटका अनुसार वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण र भावी कार्यदिशा एवं संगठन सुदृढीकरणका लागि बैठक डाकिएको हो। 

बैठकमा पार्टीद्वारा घोषित विभिन्न केन्द्रीय कार्यक्रमको बारेमा छलफल हुनेछ। राप्रपा केन्द्रीय कार्य समितिको बैठक प्रत्येक तीन/तीन महिनामा बस्ने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell