PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राजपाको संयोजक परिवर्तन : सहिद कल्याण कोष स्थापना



राजपाको संयोजक परिवर्तन : सहिद कल्याण कोष स्थापना

काठमाडौं: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजक परिवर्तन भएको छ। चक्रीय प्रणालीमा चलेको राजपा अध्यक्ष मण्डलको संयोजन महेन्द्रराय यादव भएका छन्।

आज राजपाको केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकले यादवलाई संयोजक चयन गरेको हो। यसअघि राजेन्द्र महतो संयोजक थिए।

आजै १२ औं मधेश बलिदानी दिवस मनाएको राजपाले सहिद कल्याण कोष’ स्थापनाको निर्णय गरेको छ।

मधेश आन्दोलनका सहिद परिवारलाई सहयोग गर्न उक्त कोष स्थापना गर्न लागिएको राजपा अध्यष मण्डलका सदस्य राजेन्द्र महतोले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell