PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मेक्सिकोमा पेट्रोलियम पाइपलाइन विस्फोट, मृतकको संख्या ६६ पुग्यो: विश्वमा आज



मेक्सिकोमा पेट्रोलियम पाइपलाइन विस्फोट, मृतकको संख्या ६६ पुग्यो: विश्वमा आज

पाइपलाइन विस्फोट

मेक्सिकोमा जमिनमुनि बिछ्याइएका पेट्रोलियम पदार्थको पाइपलाइन विस्फोट हुँदा मृत्यु हुनेको संख्या ६६ पुगेको छ। उद्धारकार्य जारी रहेको र घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने सक्ने बताइएको छ। 

पेट्रोलियम पाइपलाइनबाट गैरकानूनी रुपमा तेल निकाल्ने क्रममा विस्फोट भएको प्रहरीले जनाएको छ।

मेक्सिकोमा पाइपलाइनमा धाराहरु राखी तेल चोर्ने धेरै समूहहरु सक्रिय रहेका छन्।

चोरी गर्ने समूहहरुलाई स्थानीयहरुले साथ दिने गरेको पाइएको छ। चोरहरुलाई सहयोग गरेर वा चुहावत भएका तेलहरु लिन लाइन बसेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पेट्रोलियम चोरीमा स्थानीहरु सहभागी हुने गरेको बताइएको छ। मानिसहरु बोटल,प्लास्टिक जग, गार्बेज क्यान लगायत सामाग्री लिएर तेल भर्न आएको बेला अचानक विस्फोट भएकाले धेरै संख्यामा मानविय क्षति भएको हो।

 

हेनरी सीको निधन

फिलिपिन्सको सर्वाधिक धनी व्यक्ति मानिने हेनरी सीको ९४ बर्षको उमेरमा शनिबार निधन भएको छ। चीनबाट बसाई सरेर फिलिपिन्स आएका सीलाई फिलिपिन्समा वरिष्ठ उद्यमीका रुपमा सम्मान गरिन्थ्यो। चीनमा सिमेन शहरमा घर भएका सीले फिलिपिन्समा सपिङ् मल खोलेर व्यापार सुरु गरेका थिए।। उनको सपिङ् मल विश्वकै ठूला सपिङ् मल अन्तर्गत पर्दछ । विश्वकै ५२औ धनीमा पर्ने सीको सम्पत्ति गत शुक्रबार सम्ममा १९ अरब अमेरिकी डलर रहेको जनाइएको छ।

 

८१ महिना जेल

अमेरिकाको सिकागो शहरका एक जना पूर्वप्रहरी अधिकृतलाई अश्वेत युवाको हत्या गरेको अभियोगमा ८१ महिना जेल सजायको फैसला सुनाइएको छ। सन् २०१४ मा १७ बर्षका लाक्वान म्याकडोनाल्डको हत्या गरेको अभियोगमा प्रहरी अधिकृत जासन भान डिकेलाई जेल सजाय सुनाइएको अधिकारीहरुले जनाएका छन्। डिकेले म्याकडोनाल्डलाई १६ पटक गोली हानेर हत्या गरेको अभियोग लगाइएको थियो।

 

भारतमा स्वाईन फ्लू

भारतको राजस्थानमा  स्वाइन फ्लूका कारण मृत्यु हुनेको संख्या ४८ नाघेको छ। अधिकारीहरूका अनुसार एक हजार भन्दा बढी मानिसहरु विरामी परेका छन्। गत बर्ष भारतभरी स्वाइन फ्लूका कारण एक हजार एक सय जनाको मृत्यु भएको थियो भने १५ हजार जना प्रभावित भएका थिए। विरामीहरूलाई सेवा दिनका लागि राज्य सरकारले घरदैलोमै उपचार उपलब्ध गराउने अभियान चलाएको छ।

फोटो : BBC/REUTERS/FORBES/PTI/AP/AFP



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell