PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कैलालीको अत्तरियामा युवा समूहबीच झडपः एक जनाको मृत्यु, तीन घाइते



पहिलोपोस्ट

कैलालीको अत्तरियामा युवा समूहबीच झडपः एक जनाको मृत्यु, तीन घाइते

धनगढीः कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।

घटनामा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताए। मृतकको छाती र पेटमा धारिलो हतियारको घाउ लागेकाले दुई समूहबीच खुकुरी वा चक्कु हानाहान भएको हुनसक्ने जनाइएको छ।

घटनामा घाइते भएका भट्टलाई तत्काल अत्तरियाको पद्मा अस्पतालमा लगिएकामा थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याउने क्रममा निजको बाटैमा मृत्यु भएको हो।

घटनामा सोही ठाउँका सबिन कट्टेल, हरि राई र राजेश नेपाली घाइते भएका छन्। घाइतेको अवस्था खतरामुक्त रहेको जनाइएको छ। अत्तरियामा केही दिनदेखि चलिरहेको महोत्सव सकिएको केही समयपछि यो घटना भएको हो। घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक तिमिल्सेनाले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell