PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मन्त्रीबाट कुटिएका सचिवको बयानः 'शक्तिको अगाडि निरीह बनेँ, मध्यरातमा अर्को ‘थप्पड’ खाइयो'



पहिलोपोस्ट

मन्त्रीबाट कुटिएका सचिवको बयानः 'शक्तिको अगाडि निरीह बनेँ, मध्यरातमा अर्को ‘थप्पड’ खाइयो'

काठमाडौँ: पुस २९ गते आइतबार दिउँसो करिब ३ बजे प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव र वन तथा वातावरण सचिव विद्यानाथ झाबीच विवाद भएको थियो। विवादपछि सचिव झाले आफूलाई मन्त्री यादवले कुटपिट गरेको बताएका थिए। आफूलाई मन्त्री यादवले मन्त्रालयमा बोलाएर थप्पड हानेको भन्दै झाले पत्रकार सम्मेलन गरेका थिए।

पढ्नुस्ः मन्त्री-सचिव कुटपिट प्रकरण : यस्तो छ एनजिओको लफडा

प्रदेश सरकारले तत्कालै आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा छानबिन समिति पनि बनायो। समितिको म्याद आज सकिँदैछ। समितिले प्रतिवेदन बुझाउने तयारी समेत गरेको छ।

यसैबीच गएराति सचिव झाले आफूलाई अर्को थप्पड हानिएको बताएका छन्।

आफ्नो फेसबुकमा करिब ३ सय शब्दको स्ट्याटस् लेख्दै सचिव झाले आफूले कर्मचारीहरुबाटै थप्पड खाएको उल्लेख गरेका छन्।

कर्मचारीहरुले आफूलाई सहयोग नगरी प्रलोभनमा फसेको आरोप लगाउँदै सचिव झाले आफू न्यायका लागि लडिरहने बताएका छन्।

आधिकारिक ट्रेड युनियनका कर्मचारीसहित अन्य कर्मचारी सङ्गठनले मन्त्रीसँग लेनदेनका आधारमा आन्दोलन फिर्ता लिएको आरोप पनि सचिव झाले लगाएका छन्।


सचिव झाले लेखेका छन्-

'आज मध्यरातमा फेरि अर्को थप्पड खाइयो। चारैतिर दौडेँ न्यायको लागि, तर शक्तिको अगाडि निरीह बन्दै गइरहेको छु। मन्त्रीजी मलाई पिटेरै सानसँग हिँड्नु भएको छ। आधिकारिक धनुषाका साथीहरू केका लागि आन्दोलन उठान गर्नु भएको थियो र के पाएर सम्झौता गर्नु भो? मलाई राम्ररी थाहा छ तपाईँमध्ये कति जना म पिटिएकोमा रमाउनु भएको थियो। र त्यसका कारण पनि (अस्तिको सरुवा)। तपाईँहरुप्रति रहेको सम्मान पनि पखालियो। मेरो र अर्थमन्त्री बीच को घटना? २९ गतेकै तपाईँहरुकै विज्ञप्तिसँग मेल खाँदैन।'

फेसबुकमा उनले अघि लेखेका छन् -'तर याद गर्नुहोला यो विज्ञप्तिका ड्राफ्टकर्ताज्यू, जुन बिउ आज तपाईँहरु असत्यको अगाडि घुडा टेकेर रोप्नु परेको छ, त्यसको फल पनि कालान्तरमा तपाईँले नै टिप्नु पर्ला।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell