PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चिलीमा ६.७ म्याग्नेच्यूडको भूकम्प, दुईजनाको मृत्यु



चिलीमा ६.७ म्याग्नेच्यूडको भूकम्प, दुईजनाको मृत्यु
फोटो: accuweather

सान्टियागो : दक्षिण अमेरिकी राष्ट्र चिलीको उत्तरी भेगमा ६ दशमलब ७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।

अमेरिकी सर्भेका अनुसार जमिनबाट करिब ५३ किलोमिटर गहिराईमा रहेको उक्त भूकम्पको केन्द्रविन्दु चिलीको कोकिम्बो शहरबाट करिब १५ किलोमिटर दक्षिण पश्चिममा रहेको थियो।

भूकम्पको अनुभव चिलीका भालपाराइसो, हिग्गीन्स र राजधानी सान्टियागोका साथै अटाकामा र कोकिम्बोमा गरिएको थियो।

भूकम्पपछि हजारौं घरमा विद्युत सेवा अबरुद्ध भएको थियो। राष्ट्रिय विपद कार्यालयका रिकार्डो टोरोका अनुसार भूकम्पबाट जनमानसमा त्रास फैलिएको थियो। ह्दयघाटबाट दुईजनाको मृत्यु भएको बताइएको छ।  तर जनधनको क्षति भएको अरु विवरण प्राप्त नभएको रिकार्डोले जनाएको छ।

चिली विश्वमै भूकम्पीय जोखिमयुक्त राष्ट्र हो।

सन् १९६० मा चिलीको भाल्डीभियामा गएको भूकम्प सबैभन्दा ठूलो मानिन्छ। अमेरिकी सर्भेका अनुसार त्यसबेला ९ दशमलब ५ म्याग्नीच्यूडको भूकम्प गएको थियो। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell