PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वित्त आयोगमा पौडेल सिफारिस, समावेशी आयोगमा सुवेदी, मधेशी, थारु र मुस्लिम आयोगमा को को?



पहिलोपोस्ट

वित्त आयोगमा पौडेल सिफारिस, समावेशी आयोगमा सुवेदी, मधेशी, थारु र मुस्लिम आयोगमा को को?

काठमाडौं: संवैधानिक परिषद्ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष बालानन्द पौडेललाई सिफारिस गरेको छ।

परिषद्को आइतवार बसेको बैठकले पूर्वसचिव पौडेललाई वित्त आयोगको अध्यक्ष सिफारिस गरेको हो।

त्यसैगरी राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदीलाई सिफारिस गरेको छ।

मधेशी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीलाई सिफारिस गरेको जनाएको छ।

प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा नै परिषद्ले आयोगका अध्यक्षहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो। परिषद् सदस्य प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा आईतबारको बैठकमा उपस्थित थिएनन्। परिषद् संदस्य एवं राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संबैधानिक र कानूनी दृष्टिले निर्णय गर्नलाई बाधा नपर्ने भएकाले नामहरु सिफारिस गरिएको बताए।

संवैधानिक परिषदले आयोगहरुका अध्यक्ष तथा सदस्यहरु नियुक्तका लागि सिफारिस गरी राष्ट्रपति समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ। परिषद्ले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले नियुक्त गर्ने आयोगका पदाधिकारीहरुको पदावधि ६ वर्षको हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell