PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अफगानिस्तानको सैन्य चौकीमा आत्मघाती आक्रमण, १८ जनाको मृत्यु



अफगानिस्तानको सैन्य चौकीमा आत्मघाती आक्रमण, १८ जनाको मृत्यु
फोटो : Al Jazeera

मैदान शार : अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकको मैदान शारमा तालिबान लडाकू समूहले गरेको कारबम आक्रमणमा १८ सैन्य अधिकारीहरुको मृत्यु भएको छ। 

विशेष सुरक्षाबल रहेका प्रहरी चौकीमा गरिएको आक्रमणमा २७ जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन्। घाइतेहरुको मैदान शारमा रहेको सार्वजनिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाइएको छ। 

घाइते मध्ये चिन्ताजनक अवस्थामा रहेका केही व्यक्तिलाई भने राजधानी काबूलस्थित अस्पतालको आकस्मिक कक्षमा ल्याइएको प्रान्तीय स्वास्थ्य विभागका निर्देशक मोहमद सलिमले बताएका छन्। 

शहरबाट करिब दुई किलोमिटर टाढा रहेको सैन्य चौकीमा अपहरण गरिएको सेनाको सवारी साधनमा नै विस्फोटक पदार्थ भरेर विस्फोटन गराइएको थियो। 

यस विस्फोटमा परी सो चौकीको प्रवेशद्धार र प्रमुख भवन ध्वस्त भएको अधिकारीहरुले बताएका छन्। 

आक्रमणको क्रममा चार जना तालिबान लडाकूको सहभागीता रहेको जनाइएको छ।

सहभागी लडाकूहरुमध्ये एकजनाको कारबम विस्फोटमा मृत्यु भएको र अन्य तीन जनाको सुरक्षाबलले गरेको कारबाहीमा मृत्यु भएको छ।  तालिबानका प्रवक्ता जाबिउल्लाह मुजाहिदले आक्रमणको जिम्मा लिएका छन्। 

गत आइतबार पनि लोगार प्रान्तमा भएको एक आक्रमणमा परी आठ अफगान सुरक्षा अधिकारीको मृत्यु भएको थियो। रासस/ सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell