PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

‘लिटिल स्टार अफ द इयर': एक प्रतियोगिता, तीन विजेता



पहिलोपोस्ट

‘लिटिल स्टार अफ द इयर': एक प्रतियोगिता, तीन विजेता

काठमाडौं: ‘लिटिल स्टार अफ द इयर २०१९’को फिनाले भयो। बालबालिकाहरु बीचको प्रतिस्पर्धात्मक कार्यक्रममा चार बालबालिका विजेता घोषित भए।

उमेरका आधारमा तीन तहमा फरक फरक विजेता भएका हुन्। उपाधि नेरिस्का स्थापित, अभिनभ श्रेष्ठ र शोनित शाखले जितेका छन्।

नेरिस्का स्थापित (ग्रुप–ए), अभिनभ श्रेष्ठ (ग्रुप–बि) र शोनित शाख (ग्रुप–सि) तर्फको विजेता हुन्।  

७ देखि १४ वर्षसम्मका ६५ बालबालिकाको सहभागीता रहेको प्रतियोगीतामा ७ देखि ९ (ग्रुप ए), १० देखि १२ (ग्रुप बि) र १३ देखि १४ (ग्रुप सि) मा थिए।  

पहिलो ग्रुपान बेलिश्ना जीसी फस्ट रनर्स अप, एन्जेल वान्तावा सेकेण्ड रनर्स अप, सुनिश्का मिश्रा, थर्ड रनर्स अप र नेरिया न्यौपाने फोर्थ रनर्स अप भए। त्यस्तै  दोस्रो ग्रुपतर्फ प्रिन्स प्रसिद थापा, आरोन लाल श्रेष्ठ, राजा श्रेष्ठ, दीपसन भुजेल क्रममा फस्ट, सेकेण्ड, थर्ड र फोर्थ रनर्स अप घोषित भए।

त्यस्तै तेस्रो ग्रुपमा पल्शा खड्का, आस्का श्रेष्ठ, आन्नया भट्टराई र युभानी लोहनीले फस्ट, सेकेण्ड, थर्ड, फोर्थ रनर्सअपको उपाधी जिते ।

एनोवेसन इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगिताको लागि मोडल तथा अभिनेता दिक्पाल कार्की, कुन्ती मोक्तान, कलाकार बिरेन्द्र हमाल, तेन्जु योन्जन, सन्तोष भुजेल लगायतले बिभिन्न प्रशिक्षण दिएका थिए।

निर्देशक रजत श्रेष्ठ, अनुप शक्सेना, नृत्य निर्देशक कमल राई, कला सुब्बा, गोबिन्द राई, रुक्सा वैद्य, आकांक्षा भट्टराई,  मिस्टर नेपाल २०१७ अक्क्ष जंग रायामाझी अन्तिम स्पर्धामा निर्णायक रहेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell