PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

युएइविरुद्धको सिरिजका लागि नेपाल फर्किए सन्दीप



युएइविरुद्धको सिरिजका लागि नेपाल फर्किए सन्दीप
फाइल फोटो

काठमाडौं: अस्ट्रेलियामा भइरहेको बिग बास लिग (बीबीएल) र बंगलादेशमा भइरहेको बंगलादेश प्रिमियर लिग (बीपीएल) खेलेर नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन्।

उनी विमान बंगलादेशबाट सोमवार दिउँसो काठमाडौं आइपुगेका हुन्।

आगामी शुक्रवारदेखि युएइविरुद्ध हुने सिरिजका लागि सन्दीप नेपाल आएका हुन्। 

सन्दीप टिमसँगै भोलि मंगलवार युएइ फर्कनेछन्। सन्दीपले अस्ट्रेलियामा मेलवर्न स्टार्सका लागि ४ खेल खेलेका थिए। त्यसपछ बंगलादेश पुगेका उनले सिलेट सिक्सर्सका लागि ६ खेल खेले। 

नेपालका लागि खेल्न आएपछि सन्दीपले सिलेटको बाँकी लिगको खेल गुमाउनेछन्। यदि सिलेट प्ले अफमा पुगेमाभने सन्दीप नेपाली राष्ट्रिय टिमका लागि खेलेर फेरि बंगलादेश जानेछन्। नेपालले जनवरी २५ देखि फेब्रुअरी ३ सम्म युएइविरुद्ध ३ ओडिआइ र ३ टी २० आइ खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell