PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

संवैधानिक परिषद्को निर्णयप्रति कांग्रेसको आपत्ति, 'विपक्षी दलको नेताबिनै गरेको निर्णयबाट संविधानको मर्ममाथि प्रहार'



संवैधानिक परिषद्को निर्णयप्रति कांग्रेसको आपत्ति, 'विपक्षी दलको नेताबिनै गरेको निर्णयबाट संविधानको मर्ममाथि प्रहार'

पाल्पा: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विपक्षी दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषदको बैठकले निर्णय गर्नु संविधानको मर्ममाथि प्रहार भएको बताएका छन्। नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पौडेलले सरकारले विपक्षी दलको नेता बिना संवैधानिक परिषदको बैठक बसेर विभिन्न आयोगमा नियुक्ती गरेकोमा आपत्ती जनाए।

पौडेलले भने,‘सरकारले विपक्षी दलको नेता बिनाको बैठक राखेर संविधानको मर्ममाथि प्रहार गरेर संवैधानिक व्यवस्थालाई चुनौती दिने काम भएको छ। यो संवैधानिक परिषदमाथि चुनौति दिएर आफ्ना मान्छे नियुक्ती गर्ने काम आपत्तीजनक छ।’ सरकारले प्रमुख विपक्षी दलको नेताको उपस्थिती बिना बैठक गरेर आइतवार विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेको थियो। उनले विपक्षी दलको नेताको अनुपस्थितिमा बसेको बैठकले कसरी काम गर्न सक्छ भनी प्रश्न समेत गरे।

परिषद्ले आइतवार विभिन्न पाँच आयोगका अध्यक्षहरु सिफारिस गरेको थियो। परिषद् सदस्य प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा बैठकमा उपस्थित थिएनन्।  परिषद् संदस्य एवं राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संबैधानिक र कानूनी दृष्टिले निर्णय गर्नलाई बाधा नपर्ने भएकाले नामहरु सिफारिस गरिएको बताएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell