PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले गरिन् संचारकर्मी रवि लामिछानेसँग कोर्ट म्यारिज



पहिलोपोस्ट

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले गरिन् संचारकर्मी रवि लामिछानेसँग कोर्ट म्यारिज

काठमाडौं: चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले संचारकर्मी रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी छिन्। हालै, लामिछानेको श्रीमतीसँग डिभोर्स भएसँगै दुवैको सम्बन्ध बाहिरिएको थियो।

उनीहरु आफ्ना सम्बन्धबारे चुप थिए। तर अब भने उनीहरुले जिल्ला अदालतमा विवाह दर्ता नै गरेको लामिछानेको फेसबुक स्टेटसमा उल्लेख छ।

उनले लेखेका छन् 'व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ। एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा विवाह दर्ता गरेका छौ। हामी दुवैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनका लागि शुभकामना मात्र चाहन्छौं।'

 

उनीहरु आगामी वैशाखमा बिहे गर्ने तयारीमा छन्। पछिल्लो समय उनी दुई लिभिङ टुगेदरमा रहेको चर्चा थियो। अहिले उनीहरुलाई बधाई दिनेको ओइरो छ। निकिता पनि डिभोर्सी हुन्। निकिताको एक छोरी छ भने रवि दुई छोरीका बावु हुन्। 

 

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell