PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सिमरा गोल्डकप : खप्तड गोल्डकपको विजेता पुलिसलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा



राधेश्याम पटेल

सिमरा गोल्डकप : खप्तड गोल्डकपको विजेता पुलिसलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा

वीरगंज : हिमालयन शेर्पा क्लब सिमरामा जारी दशैं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। विभागिय टिम नेपाल पुलिसलाई सोमवार २-० गोल अन्तरले पारजित गर्दै हिमालयनले अन्तिम चारमा स्थान बनाएको हो।

सिमरा रङ्गशालामा भएको खेलमा शेर्पाले खप्तड गोल्डकपको उपाधि उचालेको पुलिसलाई हराएको हो। धनगढीबाट सिमरा आइपुगेको पुलिस क्लबका स्टार खेलाडी चल्न नसक्दा सिमरा गोल्डकपको क्वाटरफाइनलबाटै घर फर्केको हो।

हिमालयन शेर्पाको जितमा त्रिदेव गुरुङ र विश्वास श्रेष्ठले एक–एक गोल गरे। शेर्पाले दुवै गोल ८६ मिनेटपछि गरेको हो।

८६औं मिनटमा हिमालयनका लागि पहिलो गोल गरेका थिए। विश्वासले इन्जुरी टाइमको अन्त्यतिर गोल गर्दै २-० को जित दिलाए।

पुलिसका तेज तामाङ, रवि पासवान, अभिषेक रिजाल जस्ता चर्चित खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

हिमालयनका विश्वास श्रेष्ठले पुलिस विरुद्धको खेलमा म्यान अफ दि म्याच घोषित हुँदै १० हजार नगद पाए।

हारपछि पुलिसका प्रशिक्षक अनन्त थापाले थकानका कारण खेलाडी चल्न नसकेको भन्दै हारलाई स्वभाविक रुपमा लिएको बताए। मोफसलमा लगातार प्रतियोगिता आयोजना हुँदा खेल्न गाह्रो हुने गरेको उनको भनाई थियो।

हिमालयन शेर्पाका प्रशिक्षक सुवास लिम्बुले संघर्षपूर्ण जितबाट सन्तुष्ट रहेको बताए। मंगलबार अन्तिम क्वाटरफाईनलमा आठौं संस्करणको विजेता संकटाले थ्री स्टार क्लबको सामना गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell