PahiloPost

Feb 23, 2019 | ११ फागुन २०७५

सरकारले वास्ता नगरेपछि चिकित्सा शिक्षा विधेयकमा जनतामुखी बुँदा राख्न सांसदहरुलाई अनुरोध गरे डा केसीले

सरकारले वास्ता नगरेपछि चिकित्सा शिक्षा विधेयकमा जनतामुखी बुँदा राख्न सांसदहरुलाई अनुरोध गरे डा केसीले


काठमाडौं: चिकित्सा शिक्षा विधेयक आज संसदमा दर्ता गरिने कार्यतालिका रहेको छ। चिकित्सा शिक्षा विधेयकमा भएको सहमति विपरित तोडमोड गरेको भन्दै डा गोविन्द केसी अनशनमा छन्। इलाम पुगेर १६ औं अनशन थालेका केसी अहिले शिक्षण अस्तालमा छन्। अनशनको १४ औं दिनमा उनले सांसदहरुलाई जनतामुखी बुँदा राख्न अनुरोध गरेका छन्।

'माननीय सांसदज्युहरु। आज चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत हुँदैछ। त्यसमा जनतामुखी र विद्यार्थीमुखी बुँदा हटाएर माफियामुखी बुँदाहरु राखिको छ। हामीसँग भएको सम्झौता जनतामुखी र विद्यार्थीमुखी एन ल्याउनलाई माननीयज्युहरुले सहयोग गर्नुहुनेछ भन्ने आशा राखेको छु र अनुरोध पनि गर्न चाहन्छु,' डा केसीले भिडियो सन्देशमा भनेका छन्।

डा केसीको स्वास्थ्य अवस्था दिनानुदिन कमजोर बन्दै गएको र सरकारले वार्ताको कुनै पहल नगरेको उनका सहयोगी डा अभिषेशराज सिंहले जानकारी दिए।



ट्रेन्डिङ पोस्ट