PahiloPost

Apr 22, 2019 | ९ बैशाख २०७६

प्रचण्ड दम्पतिसहित बुहारी पनि बिरामी, भएको के हो?


प्रचण्ड दम्पतिसहित बुहारी पनि बिरामी, भएको के हो?

काठमाडौँ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' उनकी पत्नी सीता र बुहारी खानेपानी तथा सरसफाइ मन्त्री बीना मगर तीनै जना बिरामी भएका छन्। 

सबैलाई भाइरल ज्वरोले सताएको हो।  सीता र मन्त्री मगरलाई धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको छ। 

ज्वरोबाट प्रभावित भएपछि प्रचण्डले पनि आज ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए। चिकित्सकले उनलाई दुई/तीन दिन घरमै आराम गर्न सुझाव दिएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएको राससले जनाएको छ।

चिकित्सकको सल्लाह अनुरुप प्रचण्डले आफ्नै निवासमा आराम गरिरहेका छन्। 

यसैबीच, कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले आजै सुमेरु अस्पताल पुगी अध्यक्ष दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। 

तीन दिनदेखि सुमेरु अस्पतालमै उपचारत अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्यमा पनि उल्लेख्य सुधार भएको र चाडै उनी निवास फर्कने प्रेस संयोजक सापकोटाले जानकारी दिए। 



प्रचण्ड दम्पतिसहित बुहारी पनि बिरामी, भएको के हो? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट