PahiloPost

Jul 20, 2019 | ४ साउन २०७६


भारतमा 'एउटा सपनाको अन्त्य' : टाटा नानो कारको उत्पादन बन्द गर्ने घोषणा


भारतमा 'एउटा सपनाको अन्त्य' : टाटा नानो कारको उत्पादन बन्द गर्ने घोषणा
रतन टाटा नानो कारको लन्चमा, फाइल फोटो : ड्राइभ स्पार्क

मुम्बई : विश्वकै सबैभन्दा सस्तो कार मानिएको टाटा नानो कारको उत्पादन यसै वर्षदेखि बन्द हुने भएको छ। भारतकै ठूलो कार उत्पादक टाटा मोटर्सले विगत १० वर्षदेखि सानो आकारको नानो कारको उत्पादन गर्दै आएको थियो।

अर्को वर्षको अप्रिलदेखि नानो कारको उत्पादन र बिक्री गर्न लागेको टाटा मोटर्सले जनाएको छ। भारतीय उपभोक्ताले त्यति नरुचाएको यस कारको उत्पादन लागत बढी रहेको बताइन्छ।

'हामी नानो कारमा थप सुधार गर्न लगानी थप्ने स्थितिमा छैनौं, ' टाटा मोटर्सका अध्यक्ष मयङ्क पारीकले बताए।

टाटाले सन् २००९ मा निकै तामझामका साथ नानो कार बजारमा ल्याएको थियो। बजारमा शुरुका दिनमा यसको बजार मूल्य २ हजार २०० अमेरिकी डलर थियो।

भारतीय प्रसिद्ध उद्योगी एवं टाटा समूहका पूर्व अध्यक्ष रतन टाटाको योजनामा उक्त कारको उत्पादन थालिएको थियो। ठूलो संख्याका भारतीयलाई सस्तोमा कार दिने सपना कम्पनीको थियो। अहिले ८१ वर्ष पुगिसकेका रतनमा मोटरसाइकल, स्कुटर जस्ता दुई पाङ्ग्रे सवारी चढ्ने ठूलो संख्याका भारतीयलाई कार चढाउने तीव्र इच्छा रहेको बताइन्छ।

 

विश्लेषकहरु पनि रतनको योजनामा सहमत देखिन्थे, किनभने लाखौं भारतीयलाई यो कार बरदान सावित हुने अपेक्षा थियो। त्यसलगत्तै, विश्वभर यो कारले 'विश्वकै सस्तो कार' को उपनाम पाएको थियो।

 

तर,  सोचे जस्तो कारको बिक्री भएन।

अटोकार इन्डिया म्यागजिनका सम्पादक होरमाज्द सोब्रब्जी यसलाई मार्केटिङमा भएको असफलता मान्छन्। उनले भने, 'यो कारलाई गरिबको कार भनियो. तर भारतीयहरु आफ्नो इज्जत, प्रतिष्ठाप्रति ज्यादै सचेत छन्। मोटरसाइकलको विकल्पमा यो कारले बजार लिन सक्थ्यो, तर बजारमा त्यसको मार्केटिङ त्यस किसिमबाट भएन।'

यो कारमा सुरक्षा पनि अर्को चासोको विषय थियो। कारको इन्जिनमा आगलागीका कैयौं घटना भएका थिए।

शुरुका दिनहरुमा यो कार प्रति महिना २५ हजार थान बिक्री गर्ने योजना थियो, तर एक दुई वर्षभित्रै यसको प्रति महिना बिक्री सयमा झरेको थियो।

सन् २०१३ मा टाटा मोटर्सले बिक्री बढाउन यो कारमा स्तरोन्नति गरेको थियो। भारतमा नानो समेतका सानो मोडेलका अरु कारहरुको पनि बिक्री बढ्न सकेन।

टाटा मोटर्सले नानो कारको उत्पादन र बिक्री बन्द गर्ने घोषणा गरेपछि भारतीय दैनिक पत्रिका मिन्टको मुख्य समाचारको शीर्षकमा त्यसलाई 'एउटा सपनाको अन्त्य ' भनिएको छ। रासस/एएफपी



भारतमा 'एउटा सपनाको अन्त्य' : टाटा नानो कारको उत्पादन बन्द गर्ने घोषणा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट