PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सरोजको उपन्यास 'दिव्याञ्जली'



सरोजको उपन्यास 'दिव्याञ्जली'

काठमाडौं: सरोज अर्यालको पहिलो उपन्यास ‘दिव्याञ्जली’ सार्वजनिक भएको छ। शनिवार राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समालोचक महेश पौडेल, साहित्यकार माया ठकुरी, बिएन पुस्तक संसारको सञ्चालक ठाकुर चापागाई, पूर्वगृह सचिव हेमराज रेग्मी, लेखक अर्यालको पिता खुमकान्त अर्याल र माता बिष्णु अर्यालले संयुक्त रुपमा सार्वजनिक गरे।

अर्याल पहिलो कृतिमा नै साहित्य क्षेत्रमा दमदार रुपमा प्रवेश गरेको महेश पौडेलको भनाई थियो। भने, ‘प्रथम कृतिमा नै लेखकले धेरै कुराहरुलाई सजक अनि सहज तरिकामा प्रस्तुत गरेका छन् । उपन्यास प्रेममय छ।’

अतुल, दिव्याञ्जली र अञ्जली कथामा मुख्य पात्रको रुपमा रहेको उल्लेख गर्दै पौडेलले भने, ‘पात्रहरु सबै युवा समेटिएको छ। आफ्ना बालबालिकालाई रुचि अनुसारको शिक्षा दिनु पर्ने भन्ने अत्यान्तै राम्रो खालको कुराहरु किताबमा पाउन सकिन्छ।’

साहित्यकार ठकुरीले किताबले युग बोलेको उल्लेख गर्दै भनिन्, ‘किताबमा युवा पुस्तामात्र पाएँ। साथै कथाहरु प्रेम नै प्रेमले भरिपूर्ण छ।’

बिएन पुस्तक संसारले बजारमा ल्याएको किताबको मुल्य ३५० रुपैयाँ तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell