PahiloPost

Apr 22, 2019 | ९ बैशाख २०७६

सरकारको विरोधमा नेविसंघ र तरुण दल, बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच काँडेतार तानातान

सरकारको विरोधमा नेविसंघ र तरुण दल, बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच काँडेतार तानातान


काठमाडौं: सरकारको विरोधमा नेविसंघ र तरुण दलले नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ। थापाथलीस्थित इन्जिनियरिङ क्याम्पसबाट थालिएको र्‍याली सरकारविरोधी नाराबाजी गर्दै नयाँ बानेश्वर पुगेको थियो। 

प्रदर्शनकारीले नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए। प्रहरी र प्रदर्शनकारीबीच निषेधित क्षेत्रमा राखिएको काँडेतार तानातान भएको थियो।

संसदबाट चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गरेको विरोधमा नेपाली कांग्रेसले विरोध जनाउँदै आएको छ भने कांग्रेसका भातृ संगठन नेवि संघ र तरुण दल प्रदर्शनमा उत्रेको छ। त्यसैगरी उनीहरुले निर्मला पन्तलाई सरकारले अझै न्याय दिन नसकेकोमा तीव्र विरोधसमेत जनाएको छ।



ट्रेन्डिङ पोस्ट