PahiloPost

Aug 25, 2019 | ८ भदौ २०७६

सरकारको विरोधमा नेविस‌ंघको प्रदर्शन यस्तो देखियो: कोटेश्वरमा राँके जुलुश, भृकुटीमण्डपमा धरपकड

सरकारको विरोधमा नेविस‌ंघको प्रदर्शन यस्तो देखियो: कोटेश्वरमा राँके जुलुश, भृकुटीमण्डपमा धरपकड


काठमाडौं:  नेपाल विद्यार्थी संघले राजधानीको कोटेश्वर भाटभटेनी नजिकै मसाल जुलुस निकालेको छ। करिब ६ बजेतिर १० जना जति नेबिसंघका कार्यकर्ताले निकालिएको जुलुस कोटेश्वर चोक पुग्दै गर्दा प्रहरी आएपछि विद्यार्थी नेताहरु भागेका थिए।

यता भृकुटीमण्डपमा पनि नेविस‌ंघले प्रदर्शन गरेको छ। प्रदर्शनमा हस्तक्षेप गरी १० विद्यार्थीलाई नियन्त्रणमा लिएको नेविसंघका प्रवक्ता प्रेम जोशीले जानकारी दिए। नियन्त्रणमा लिएका सबैलाई प्रहरीले रिहा गरिसकेको उनले जनाए।



ट्रेन्डिङ पोस्ट