PahiloPost

Apr 24, 2019 | ११ बैशाख २०७६

त्रिचन्द्र अगाडि नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला

त्रिचन्द्र अगाडि नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला


काठमाडौं: नेपाल विद्यार्थी संघले राजधानीस्थित त्रिचन्द्र कलेज अगाडिको सडक ठप्प पारेको छ।

त्यसैगरी नेविसंघले त्रिचन्द्र अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ। प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै उनीहरुले पुत्ला जलाएको हो। पछि प्रहरीले पुत्ला नियन्त्रणमा लियो।

चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रिएको नेविसंघले बिहान बालुवाटार अघि प्रदर्शन गरेको थियो।

बालुवाटारबाट दर्जन विद्यार्थी नेता पक्राउ परेपछि उनीहरुले त्रिचन्द्र अगाडि प्रदर्शन गरेका हुन्।

 



ट्रेन्डिङ पोस्ट