PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

डा केसीको अनशन २१ औं दिन, यस्तो देखियो शिक्षण अस्पताल

डा केसीको अनशन २१ औं दिन, यस्तो देखियो शिक्षण अस्पताल


काठमाडौं: डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै अनशन बसेकालाई स्वास्थ्य मन्त्रालयले अनशन नबस्न आग्रह गरे पनि चिकित्सक सङ्घका डाक्टरहरूले अनशन जारी राखेका छन्।

अस्पतालजस्तो ठाउँमा अनशन बस्दा बिरामीको स्वास्थ्य सेवा पाउने आधारभूत अधिकार हनन भएको भन्दै मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर अनशन नबस्न आग्रह गरेको थियो।

चिकित्सक सङ्घमा आबद्ध डाक्टरहरू डाक्टर केसीको मागलाई एक्यबद्दता जनाउँदै हिजोदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रिले अनशन बसेका थिए।

 

त्यस्तै शिक्षण अस्पतालले पनि हिजै प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा डाक्टरहरूलाई अनशन नबस्न आग्रह गरेको थियो। हिजो राति नै रिले अनशन बस्न डाक्टहरुले टालेको पाल प्रहरीले हटाइदिएपनि उनीहरुले अनशनलाई निरन्तरता दिएका छन्।

 

बाहिर चिकित्सकहरु केसीको समर्थनमा रिले अनशन बसिरहेका छन भने गणेशमान सिंह भवनमा २१ दिनदेखि उनी अनशनमा छन्।  केसीको स्वास्थ्य नाजुक बन्दै गएको अस्पतालले जनाएको छ। अपरान्ह  ५ बजे अस्पतालले गरेको ब्रिफिङका अनुसार केसीलाई सास फेर्न गाह्हो भइरहेको छ भने छातीको दुखाइ बढेको छ। कमजोरीको कारण उनी निदाउन सकेका छैनन्।

 

उनको रगतमा ग्लुकोज र पोटासियमको मात्रा घटेको र सास फेर्न गाह्हो भएकाले आइसियूको जरुरत परिसकेको  डाक्टर प्रमेश श्रेष्ठले ब्रिफिङ गरेका छन। तर केसी आइसियू जान मानेका छैनन्।

 

केसी बोल्न सक्ने अवस्थामा नरहेको जनाइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell