PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

विजय थापाको 'असफल काउन्टर' अनशनपछि डाक्टर केसीविरुद्ध अर्को प्रदर्शन : 'डाक्टर केसी चाहिँदैन, अनशन बस्न पाइँदैन'

विजय थापाको 'असफल काउन्टर' अनशनपछि डाक्टर केसीविरुद्ध अर्को प्रदर्शन : 'डाक्टर केसी चाहिँदैन, अनशन बस्न पाइँदैन'

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीको अनशनविरुद्धका फरक फरक अभियान जारी छ। हतियारसहित पटक पटक पक्राउ परेका विजय थापाको काउन्टर अनशनको 'असफलता' पछि सरकारकै पक्षमा वकालत गर्दै चिकित्सकहरुको एउटा समूहले आज त्रिवि शिक्षण अस्पतालमा धर्ना दिएको छ। 

२३ दिनदेखि आमरण अनशन बसिरहेका डाक्टर केसीको आन्दोलनका विरुद्धमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकहरुको एउटा समूहले प्रदर्शन गरेको हो।  अस्पताल क्षेत्र अनशन मुक्त क्षेत्र भन्दै उनीहरुले अस्पतालमा नाराबाजीसमेत गरेका थिए। डाक्टर केसी चाहिँदैन अनशन बस्न पाइदैन भन्दै नारा लगाइएको थियो। महराजगञ्ज क्याम्पसका पूर्व प्रमुख प्रा. डा राम प्रसाद उप्रेतीको नेतृत्वमा केसीविरुद्ध नयाँ अभियान सुरु भएको हो। उप्रेतीलाई चिकित्सा शिक्षा जाचुबझ आयोगले दोषी ठहर्‍याएको थियो।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले चिकित्सा शिक्षामा अनियमितता भएको र त्यसमा संलग्न रहेको भन्दै ४३ जनालाई कारबाहीको सिफारिस गरेको थियो। आजको आन्दोलनलाई नेतृत्व गरिरहेका डाक्टर उप्रेतीको नाम त्यो सूचीमा पनि छ। 

उप्रेती स्वास्थ्य मन्त्रालयबाट अस्पताल सञ्चालको स्विकृती समेत नलिएको सुनसान नेशनल अस्पताललाई मेडिकल कलेज सञ्चालनको स्विकृती दिन सिफारिस गर्ने व्यक्तिमध्येका एक हुन्। उनीहरलाई कारवाही गर्नुपर्ने भन्दै डाक्टर केसी अनशन बसिरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell