PahiloPost

Aug 24, 2019 | ७ भदौ २०७६


गोविन्द केसीको समर्थनमा उत्रेका १७ जना आवासीय चिकित्सक शिक्षण अस्पतालबाट पक्राउ


गोविन्द केसीको समर्थनमा उत्रेका १७ जना आवासीय चिकित्सक शिक्षण अस्पतालबाट पक्राउ

काठमाडौँ: आवासीय चिकित्सकहरुले डाक्टर केसीको समर्थनमा निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई पक्राउ गरेको छ। 

शिक्षण अस्पताल बाहिर प्रदर्शन गरिरहेका १७ जनालाई चिकित्सकहरुलाई प्रहरीले गिरफ्तार गरेको हो। प्रकाउ पर्नेहरुमा  रेजिडेन्ट डाक्टर एसोसिएसनका अध्यक्ष डा सुमित पाण्डे, डा विशाल अग्रवाल, डा अमित शर्मा, डा बद्री अर्याल लगायतका १७ जना छन्।

पक्राउ परेका चिकित्सकहरुलाई नेपाल पुलिस क्लबमा राखिएको अभियन्ता प्रितम सुवेदीले जानकारी दिएका छन्। 

त्यस्तै नेपाल चिकित्सक संघले आज देशभरका सरकारी, निजी अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेको छ।



गोविन्द केसीको समर्थनमा उत्रेका १७ जना आवासीय चिकित्सक शिक्षण अस्पतालबाट पक्राउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट