PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'कोरियाना कफीगफ' फेब्रुअरी दोस्रो साता



पहिलोपोस्ट

'कोरियाना कफीगफ' फेब्रुअरी दोस्रो साता

नारायण वाग्लेको तेश्रो कृति 'कोरियाना कफीगफ' फेब्रुअरी दोस्रो साता सार्वजनिक हुने भएको छ।

समाचार कक्षबाटै उनले सुरुगरेको चर्चित स्तम्भ ‘कफीगफ’ लाई नै निरन्तरता दिँदै यसपटक उनले पुस्तक ‘कोरियाना कफीगफ’ तयार गरेका हुन्।  वाग्लेले अघिल्ला दुई उपन्यास भन्दा यो पुस्तक बेग्लै हुने बताएका छन्। भने,'यो ‘सिर्जनशील गैरआख्यान’ पुस्तक हुनेछ। तैपनि आफूले पाएको स्वाद अनुसार यसको विधा वर्गीकरण गर्ने जिम्मा भने पाठककै रहने छ।'

सन् २००५ मा पहिलोपटक उनको उपन्यास ‘पल्पसा क्याफे’ सार्वजनिक भएको थियो।

‘आज डेढ दसक पछि पनि यो पुस्तक वर्षेनी तीन हजार प्रति बिक्री भइरहेकै छ,’ पब्लिकेशन्स नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘हाम्रो प्रकाशन इतिहासमै यो आज सम्मकै उल्लेखनीय उपलब्धि हो।’ पुस्तकले त्यस वर्षको मदन पुरस्कार समेत जितेको थियो।  

वाग्लेको दोश्रो उपन्यास ‘मयुर टाइम्स’ हो।  

तेश्रो कृतिमा 'कोरियाना कफीगफ' भने कोरियामा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील लेखन कार्यशालामा सहभागी हुँदाको देनका रुपमा व्याख्या गर्छन्। पाठकले ‘कोरियाना’ पढ्दा उपन्यासकै स्वाद पनि पाउन सक्ने वाग्ले बताउँछन्। ‘म यो पुस्तकको पहिचानलाई खुला राखिदिन चाहन्छु, ’ वाग्ले भन्छन्, ‘पाठकहरुले आफ्नो स्वाद अनुसारै यसको मजा लिउन् र यसलाई वर्गीकृत गरिदिउन्।’

फेब्रुअरीको दोश्रो साता पुस्तक सार्वजनिक गरिने प्रकाशक नेपालयले जनाएको छ। पुस्तक पसलहरुमा र अनलाइन सपहरुमार्फत किताब लिन सकिने बताइएको छ। पुस्तकको मूल्य चार सय ९५ रुपैयाँ तय गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell