PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सरकारलाई सच्चिने समय रहेको भन्दै डा गोविन्द केसीले स्थगित गरे अनशन



सरकारलाई सच्चिने समय रहेको भन्दै डा गोविन्द केसीले स्थगित गरे अनशन

काठमाडौं: डा गोविन्द केसीले आफ्नो १६ औं अनशन २४ दिनमा तोडेका छन्।  त्रिवि शिक्षण अस्पतालका सफाइ सहयोगी कर्मचारी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाले जुस खुवाएर अनसन तोडाएका हुन्। 

सम्पूर्ण नागरिकलाई धन्यवाद दिँदै उनले चिकित्सा शिक्षा विधेयकमै सम्बन्धन सुधाको काम सरकारको कारण अधुरो रहेको जनाएको छ।

एक विज्ञप्ति जारी गर्दै केसीले अनशन तोडेको जनाएका हुन्। विज्ञप्तिमा भनिएको छ, 'चिकित्सा शिक्षा विधेयकमै सम्बन्धनका प्रावधान लगायतमा सुधारको जति काम सरकारको बदनियतका कारण अधुरो रहन गएको छ, त्यो पूरा गर्न तथा सुधार र सुशासनका बाँकी कार्यभार पूरा गर्न म निरन्तर फरक रुपमा लडिरहने प्रतिबद्धता व्यक्त गर्दछु।

डा केसीले अझै पनि सरकारलाई समय रहेको र सहमति उल्टाउन खोजे संघर्ष जारी राख्ने जनायो। 'अझै पनि हामीसँग यस अगाडि भएको सम्झौताअनुसार ऐन सच्याउन सरकारलाई समय दिंदै सो ऐन नसच्याइएमा तथा अहिलेसम्मका उपलब्धि उल्टाउन खोजिएमा निरन्तर संघर्ष जारी राख्ने प्रण गर्दछु,' विज्ञप्तिमा भनिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले हिजोमात्र भेटी देउवालाई अनशन तोड्न आग्रह गरेका थिए। चिकित्सा शिक्षा विधेयक भने हिजोमात्रै राष्ट्रिय सभाबाट पारित भइसकेको छ।

२४ दिनअघि पूर्वी पहाडी जिल्ला इलाम पुगेर अनशन बसेका थिए। स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनलाई काठमाडौँ ल्याइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell