PahiloPost

Aug 22, 2019 | ५ भदौ २०७६

डाक्टर केसीको अनशन स्थगित भए पनि जारी छ प्रदर्शन

डाक्टर केसीको अनशन स्थगित भए पनि जारी छ प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सोलिडारिटी फर डाक्टर केसी अलाइन्सले आज राजधानीको माइतीघर मण्डलमा प्रदर्शन गर्योन। चिकित्सा शिक्षा ऐनमा भएको फेरदबदलविरुद्ध अनशन बसेका डाक्टर गोविन्द केसीको समर्थनमा प्रदर्शन भएको हो। डाक्टर केसीले हिजोमात्र आफ्नो अनशन स्थागित गरेका थिए।

चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग राख्दै १६ पटक डाक्टर केसी अनशनमा बसिसकेका छन्। पछिल्लो अनशन उनले २४ औं दिनमा स्थगन गरेका हुन्। उनका कतिपय मागको विपरीत सत्तारुढ दलले चिकित्सा शिक्षा ऐन पास गरिसकेको छ। 

डाक्टर केसीलाई धन्यवाद दिँदै आज मण्डलामा उपस्थितहरुले भने उनको अनशनको अन्त्य भइनसकेको सन्देश दिएका थिए।  



ट्रेन्डिङ पोस्ट