PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुदूरपश्चिम प्रदेश सरकारको पूँजीगत बजेट, ६ महिनामा १.८८ प्रतिशत मात्रै खर्च



एम बम

सुदूरपश्चिम प्रदेश सरकारको पूँजीगत बजेट, ६ महिनामा १.८८ प्रतिशत मात्रै खर्च

कैलाली: सुदूर पश्चिम प्रदेश सरकारले चालु आर्थिक बर्षको ६ महिनामा अत्यन्त न्युनमात्र बजेट खर्च गर्न सकेको छ। चालु आर्थिक बर्षको ६ महिनामा पूँजीगत बजेट १.८८ प्रतिशत मात्रै खचै भएको सुदूरपश्चिम प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ। हालसम्म अख्तियारी पाएको ८ अर्ब ४१ करोड ६२ लाख पूँजीगत बजेट मध्य १५ करोड ७८ लाख २० हजार मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख शिवकुमार चौधरीले बताए। 

उनका अनुसार चालु खर्च भने ११ प्रतिशत पुगेको छ। अख्तियारी पाएको ९ अर्ब ३४ करोड ६५ लाख चालु बजेट मध्य चालु आर्थिक बर्षको ६ महिनामा १ अर्ब ४ करोड ६६ लाख बजेट खर्च भएको चौधरीको भानाई छ। 

अब के होला सरकारको असारे विकास हटाउने योजना 

विगतमा असार मसान्तमा आएर बजेट सकाउनकै लागि गरिने असारे विकासलाई अन्त्य गरिने प्रदेश सरकारले बजेट ल्याउँदाखेरी नै दाबी गरेको थियो। तर अहिलेको खर्चको अनुपातले यस बर्ष प्रदेश सरकारको बजेट असारे विकासमा पनि प्रशस्त भएर ठूलो परिमाणमा निष्क्रिय हुने देखिएको प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख चौधरीको भनाइ छ। 

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि गत असारमा २५ अर्ब ६ करोड ५६ लाखको बजेट ल्याएको थियो। जसमा हालसम्म सबैभन्दा बढी कैलाली जिल्लाका लागि १० अर्ब बजेटले अख्तियारी पाएको छ। अख्तियारी पउँने बजेटमो परिमाण पनि अन्य जिल्लामा भने सन्तोषजनक छैन। हालसम्म १७ अर्ब बजेटले अख्तियारी पाएर जिल्ला जिल्लाका लागि निकासा भए पनि ८ अर्ब बजेटले अख्तियारी पाइनसकेको प्रदेश प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ। 

प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह वोहराले भने विभिन्न संयन्त्र अभावमा बजेट सन्तोषजन रुपमा खर्च हुन नसकेको बताए। अब कर्मचारी समायोजन भएपछि बजेट खर्चले गति लिने उनको भनाई छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell